१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

सन् १९८० मा आजकै दिन : इरान–इराक युद्ध

काठमाडौँ — सन् १९८० मा आजकै दिन (सेप्टेम्बर २२) मा इरान र इराकबीच युद्ध सुरू भएको थियो । सीमाका कारण दुई देशबीच लामो समयदेखिको तनाव जारी रहेका बेला इराकले सात्त–अल–अरबको पूर्वी तटीय क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेपछि युद्ध सुरू भएको थियो ।

सन् १९८० मा आजकै दिन : इरान–इराक युद्ध

युद्धमा दुवैतर्फ निकै ठूलो क्षति पुगेको थियो । युद्धका क्रममा करिब ५० हजार जनाको ज्यान गएको थियो । तीमध्ये आधाभन्दा बढी इरानी थिए । त्यसका साथै दुवै देशमा निकै ठूलो आर्थिक क्षति पुगेको थियो ।

दुई देशबीचको युद्ध आठ वर्षपछि १९८८ को अगष्टमा अन्त्य भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव स्वीकार गरेपछि युद्ध रोकिएको थियो ।

प्रकाशित : आश्विन ५, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?