आजकै दिन : इजरायलको स्थापना

वैशाख ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४८ मा आजकै दिन (मे १४) इजरायल स्वतन्त्र राज्यका रूपमा स्थापित भएको थियो । यहुदी एजेन्सी प्रमुख डेभिड बेन–गुरियनले उक्त दिन इजरायललाई स्वतन्त्र राष्ट्र घोषित गरेका हुन् । घोषणासँगै गुरियन प्रधानमन्त्री बनेका थिए । 

अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमनले सोही दिन इजरायललाई मान्यता दिएका थिए । इजरायल राज्य स्थापनाको घोषणा भएकै दिन अमेरिकी राष्ट्रपतिले कूटनीतिक मान्यता दिनु इजरायलका निम्ति सुखद संयोग थियो । 

नेपालले भने स्थापना भएको १२ वर्षमा स्वतन्त्र इजरायललाई मान्यता दिएको थियो । दुई देशबीच १९६० को जुन १ मा नेपालका तर्फबाट बीपी कोइराला र इजरायलका तर्फबाट डेभिड बेन गुरियनको सक्रियतामा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । 

कुशल कूटनीतिमा विश्वास गर्ने कोइरालाको निर्णयले भारतीय प्रधानमनत्री जवाहरलाल नेहरूलगायत छिमेकी देशका प्रधानमन्त्रीलाई चकित पारेको बताइन्छ । 

तर स्थापना भएको ३० वर्षसम्म पनि इजरायललाई दक्षिण एसियाका अन्य देशले स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिएनन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully