भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या ४ लाख नाघेको हो । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३ सय १२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ४६ हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म २ करोड ९५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या झण्डै ५ लाख ९ हजार रहेको छ ।

भारतमा अहिलेसम्म ३४ करोड ७६ हजारभन्दा बढी डोज कोरोना खोप लगाइसकिएको छ । भारतमा कोरोनाको दोस्रो लहर सकिएको दाबी गरिए पनि तेस्रो लहर आउन सक्ने सम्भावना रहेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रकाशित : असार १८, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?