२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतमा एकैदिन कोरोनाले ४३२९ को मृत्यु

केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ

काठमाडौँ — भारतमा केही दिनयता कोरोना संक्रमण केही घटे पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिन कोरोनाले ४३२९ को मृत्यु

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मे १२ मा कोरोनाले ४ हजार २ सय ५ को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ । भारतमा आइतबार २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा २५ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म २ करोड ५२ लाख २८ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड १६ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय १९ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख भन्दा बढी छ । भारतमा सोमबारसम्ममा करिब १८ करोड ४५ लाख डोज खोप लगाइएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?