३ लाख ९२ हजार ४ सय ८८ जनामा संक्रमण पुष्टि, ३ लाख ७ हजार ८ सय ६५ जना संक्रमणमुक्त
काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ८९ को मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ९२ हजार ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ४ लाख १ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ५ सय २३ जनाको मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ८ सय ६५ जना संक्रमणमुक्त भएका थिए ।
योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख १५ हजार ५ सय ४२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९५ लाख ५७ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५९ लाख संक्रमणमुक्त भएका छन् ।
भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ४९ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १८ लाख ४ हजार ९ सय ५४ नमुना परीक्षण भएको थियो ।
India reports 3,92,488 new #COVID19 cases, 3689 deaths and 3,07,865 discharges in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) May 2, 2021
Total cases: 1,95,57,457
Total recoveries: 1,59,92,271
Death toll: 2,15,542
Active cases: 33,49,644
Total vaccination: 15,68,16,031 pic.twitter.com/5xytqvn2K0
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजार ३ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २७ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि हुनुका साथै ४ सय १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३८ हजार ८ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ४ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा १४ हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने १०३ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा १० हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ भने ८२ जनाको मृत्यु भएको छ ।
भारतमा शनिबारसम्ममा १५ करोड ६८ लाखभन्दा बढीले खोप लगाएका छन् ।
