कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु

नयाँदिल्ली — भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ । नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भीडभाड गर्ने र त्यसले संक्रमणको फैलाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।

संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रबार राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

‘डिसेम्बर ३१ राति ११ बजेदेखि जनवरी १ को बिहान ६ बजेसम्म र जनवरी १ को राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्षको कुनै पनि उत्सव, कार्यक्रम र समारोह रात्रीकालीन कफ्र्यू रहनेछ,’ दिल्ली सरकारका मुख्य सचिवद्वारा जारी आदेशमा भनिएको छ । यद्यपि पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ ।

दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको आदेशमा भनिएको छ । पछिल्ला दिनमा दिल्लीमा कोभिड–१९ संक्रमणको नियन्त्रण हुँदै गएको देखिन्छ ।

बुधबार दिल्लीमा ७०३ जना मात्र नयाँ संक्रमित थपिएका थिए । नियन्त्रणउन्मुख भइरहेका बेला नयाँ भाइरसबाट संक्रमणको जोखिम बढाउने भन्दै पछिल्लो आदेश जारी गरिएको दिल्ली सरकारले जनाएको छ । ‘बेलायतबाट भित्रिएको नयाँ प्रकारको भाइरस पुष्टि भइसकेको र उक्त भाइरसका कारण बढने जोखिमसँगै नयाँ वर्षका कार्यक्रमहरुले कोरोना संक्रमणको नियन्त्रणमा हालसम्म हासिल भएको सफलतालाई धक्का लाग्नसक्ने देखेर निर्णय लिइएको हो,’ आदेशमा भनिएको छ ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । हालसम्म भारतमा बीस जनामा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आठजना दिल्लीकै रहेका छन् । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ ।

प्रकाशित : पुस १६, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?