कोरोनाका कारण अधिकारी अस्पताल भर्ना

पुस १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण भएपछि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता तथा संविधानविद् राधेश्याम अधिकारीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई ज्वरो नघटेपछि स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल लगिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनलाई रेम्डेसिभिर लगायतका औषधि दिएर उपचार भइरहेको छ ।

'उहाँको स्याचुरेसन सामान्यभन्दा केही तल झरेपछि परीक्षणका लागि अस्पताल ल्याइएको थियो, ' अस्पताल स्रोतले भने, 'अहिले उहाँलाई एन्टिबायोटिकहरु दिएर अब्जर्भेसनमा राखिएको छ ।'

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully