भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना, ८०३ को मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना, ८०३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३ जनाको मृत्यु भएको छ । भारतमा दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको यो पाँचौँ दिन हो ।

भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १८ लाख ३ हजार ६ सय ५ पुगेको छ भने कोरोनाबाट अहिलेसम ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १२ लाख निको भएका छन् ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ४७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको छ भने निको हुनेको संख्या करिब १५ लाख रहेको छ ।

मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ६ सय ७९ पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड ८ लाख निको भएका छन् ।

प्रकाशित : श्रावण २०, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

जानाजान हाछ्युँ गरे फुटबल खेलाडीलाई रेड कार्ड !

एजेन्सी

लन्डन — अब फुटबलमा खेलाडीले जानाजान विपक्षी र रेफ्रीसामु जानाजान हाछ्युँ गरे भने  रेर्ड कार्ड दिइने भएको छ । फुटबलमा नियम बनाउन अन्तर्राष्ट्रिय संस्था आईएफएबीका अनुसार यस्तो जानाजान हाछ्युँलाई अश्लील, आक्रामक र गलत शब्द प्रयोग गरे जस्तै दण्डनीय मानिनेछ ।

आईएफएले खेलाडीले जानाजान हाछ्युँ गरेको हो अथवा प्राकृतिक रूपमा यस्तो गरेको हो, यसबारे निर्णय गर्ने पूरा अधिकार रेफ्रीलाई दिएको छ र यसक्रममा रेफ्रीलाई ठीक निर्णयका लागि सक्दो प्रयास गर्न पनि भनिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीपछि विश्व फुटबलमा आएको यो अर्को परिवर्तन रहेको छ । यो नियमलाई लागू गर्न सबै देशका फुटबल संघलाई पनि भनिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×