१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जापानमा ३०० अर्ब डलरको आपत्‌कालीन बजेट

एजेन्सी

टोकियो — जापानको संसद्ले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपत्कालीन बजेट पारित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको सरकारले उक्त बजेट संसद्मा प्रस्तुत गरेको थियो ।

जापानमा ३०० अर्ब डलरको आपत्‌कालीन बजेट

कोभिड–१९ का कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि अर्थतन्त्रमा अभूतपूर्व संकट आउने जनाइएको छ । सन् २०१५ यता पहिलो पटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।

पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण समेटिएको छ । बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।

बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ । जापानमा बुधबार साँझसम्म १७ हजार २ सय ५१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १५ हजार २ सयभन्दा बढी निको भइसकेका छन् । भाइरसका कारण ९ सय १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?