वीरेन्द्रनगर — कर्णाली प्रदेशका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ८ पुगेको छ । बुधबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ८ पुगेको हो ।
बुधबार संक्रमण पुष्टि हुनेहरुमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
कर्णाली प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
संक्रमितहरुको सूची हेर्नुहोस्
