कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना भाइरसमाथि राजनीति नगर्नुहोस् : डब्लूएचओ महानिर्देशक

एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरस(कोभिड–१९) संक्रमणविरुद्ध पूरा विश्व एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । 

कोरोना भाइरसमाथि राजनीति नगर्नुहोस् : डब्लूएचओ महानिर्देशक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ र यसको नेतृत्वप्रति आक्रोश पोखिरहेका बेला महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसमाथिको राजनीति अन्त्य गर्न आग्रह गरेका हुन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीनकेन्द्रित भएको र गलत सुझाव दिएकाले अमेरिकामा कोरोना संक्रमण फैलिएको आरोप लगाएका थिए । साथै डब्लूएचओलाई अमेरिकाले दिँदै आएको रकम पनि रोक्ने चेतावनी उनले दिएका थिए । महानिर्देशक गेहब्रेयससले अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको खण्डन पनि गरेका छन् । बुधबार डब्लूएचको मुख्यालय जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेहब्रेयससले भने, ‘हामी सबै देशसँग एकदमै नजिक छौं । हामीले कसैलाई पनि भेदभाव गर्दैनौं ।’


अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार पनि डब्लूएचओले आफ्नो प्राथमिकताका बारेमा पुनर्विचार गर्नुपर्ने कुरा दोहोऱ्याएका छन् । उनले डब्लूएचओलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रोक्नेबारेमा पनि विचार गर्ने कुरा दोहोऱ्याएका छन् । डब्लूएचओको पूरा बजेटको करिब १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको छ ।


महानिर्देशक गेहब्रेयससले भने राष्ट्रिय रुपमा मात्रै होइन विश्वव्यापी रुपमै सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘यतिबेला विश्वव्यापी रुपमै साँचो एकताको खाँचो रहेको छ । साथै चीन र अमेरिकाबाट इमान्दार नेतृत्वको पनि अहिले आवश्यकता रहेको छ ।’ उनले शक्तिशाली देशहरुले अरुलाई बाटो देखाउन र भाइरसमाथि राजनीति नगर्न पनि सुझाव दिएका छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?