कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना भाइरसको संक्रमणबाट अमेरिकी पियानोवादक एलिस मार्सेलिसको मृत्यु

एजेन्सी

न्युयोर्क — अमेरिकाका चर्चित जाज पियानिस्ट एलिस मार्सेलिस जुनियरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ८५ वर्षीय संगीतकार मासेलिसको बुधबार न्यु ओर्लियन्सको एउटा अस्पतालका उपचारका क्रममा मृत्यु भएको उनका छोरा ब्रान्फोर्डले पुष्टि गरेका छन् । 

कोरोना भाइरसको संक्रमणबाट अमेरिकी पियानोवादक एलिस मार्सेलिसको मृत्यु

आफ्नो जीवनको दशकौं वर्ष सांगीतिक क्षेत्रमा बिताएका मार्सेलिसले आफ्ना ६ छोरामध्ये चारजनालाई सांगीतिक क्षेत्रमा स्थापित गराएका थिए ।


मार्सेलिसको जन्म सन् १९३४ मा न्यु ओर्लियन्समा भएको थियो । उनका बुवा एलिस मार्सेलिस सिनियर अमेरिकाको नागरिक अधिकार आन्दोलनमा संलग्न थिए । साथै न्यु ओर्लियन्समा उनले मोटेल पनि चलाएका थिए । जहाँ मार्टिन लुथर किंग जुनियर, आडम क्लेटल पावेल जुनियर, थर्गूड मार्शल, रे चाल्र्सजस्ता हस्ती बसेका थिए ।


मार्सेलिस जुनियर आफैले संगीत सिके पनि छोराहरुका लागि भने गुरु थिए । उनका छोरा विन्टन मार्सेलिस(ट्रम्पेटवादक तथा कम्पोजर) लिंकन सेन्टरका कला निर्देशक समेत भए । उनले सन् १९८७ मा संगीतका लागि पुलित्जर पुरस्कार पनि प्राप्त गरेका थिए । त्यस्तै अर्का छोरा ब्रान्फोर्ड विश्वकै चर्चित सेक्सोफोनवादक हुन् । उनले कैयौं पटक प्रतिष्ठित ग्रामी अवार्ड जितेका छन् । त्यस्तै अर्का छोरा डेल्फेयो ट्रम्बोनवादक हुन् भने जेसन ड्रमर । मार्सेलिस जुनियरले लोयोला विश्वविद्यालयबाट संगीतमा मास्टर्स गरेका थिए ।


यसअघि मंगलबार अमेरिकाका अर्का चर्चित जाज संगीतकार ट्रम्पेटवादक वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।


जनवरी २० मा पहिलो संक्रमण पुष्टि भएको अमेरिकामा बिहीबार बिहानसम्म २ लाख १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै बिहीबार बिहानसम्म ५ हजार एक सय १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?