फ्रान्सलाई चीनले दियो १० लाख मास्कसहित विभिन्‍न सामग्री

चैत्र ६, २०७६

एजेन्सी

पेरिस — कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुलाई मास्कको अभाव देखिएपछि चीन सरकारले फ्रान्सलाई १० लाख मास्क दानस्वरुप पठाएको छ ।

युरोपभरि नै मास्कको अभाव देखिएपछि चिनियाँ अनलाइन मार्केटिङ कम्पनी अलिबाबामार्फत कार्गो विमानमार्फत चीन सरकारले मास्क फ्रान्स पठाएको हो ।


चीनले त्यस्ता मास्कहरु युरोपेली अन्य मुलुकलाई पनि सहयोग गरेको फ्रान्स न्युज २४ ले जनाएको छ । तर चीनले अन्य युरोपेली मुलुकलाई कति संख्यामा पठाएको हो भन्ने चाहिँ उल्लेख छैन । पेरिसस्थित चिनियाँ दूतावासले पनि पहिलो खण्डमा मेडिकल सामग्री पठाएको जानकारी दिएको छ । चीनले फ्रान्सलाई मास्क, सर्जिकल मास्क, प्रोटेक्टिभ सुटलगायतका सामग्री पठाएको दूतावासले जानकारी दिएको छ ।  

— Ambassade de Chine en France (@AmbassadeChine) March 18, 2020

यसअघि चीनमा कोरोना भाइरसको तीव्र संक्रमणका बेला फ्रान्स सरकारले चीनलाई १७ टन विभिन्‍न चिकित्सकीय सामग्री सहयोगस्वरुप वुहान पठाएको थियो ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully