चीनमा ३ अमेरिकी पत्रकारलाई प्रतिबन्ध

चैत्र ६, २०७६

एजेन्सी

बेइजिङ — चीनले तीन अमेरिकी पत्रिकाआबद्ध पत्रकारलाई आफ्नो मुलुकमा निषेध गर्ने निर्णय गरेको छ । अमेरिकाले केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको प्रत्युत्तरमा यस्तो निर्णय गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 

‘द न्युयोर्क टाइम्स, द वासिङ्टन पोस्ट र द वाल स्ट्रिट जर्नल’ का पत्रकारलाई उनीहरूसँग रहेको सञ्चारकर्मी अनुमतिपत्र १० दिनभित्र फिर्ता गर्न बुधबार निर्देशन दिइएको छ । मन्त्रालयले उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ । 


अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धको’ प्रतिक्रियास्वरुप यस्तो निर्णय लिइएको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुहाङले बुधबार बताएका छन् । हङकङ र मकाउमा समेत ती सञ्चार गृहआबद्ध अमेरिकी पत्रकारले काम गर्न नपाउने उनले बताए ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully