कोरोना प्रकोप : इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

भाइरसको संक्रमण बढ्दै गएपछि अप्रिल ३ सम्मका लागि व्यावसायिक फुटबल खेल र ठूला खेल प्रतियोगिताहरु दर्शकबिना खेलाइने इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले जानकारी दिएका छन् । फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कोन्टेले भाइरसको जोखिम न्यूनीकरणका लागि जिम्मेवार व्यवहारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । ठूला भेला, जमघट र खेल प्रतियोगिताहरुमा नजाँदा संक्रमणको जोखिम कम हुने पनि उनले बताएका छन् ।
यसैबीच इटालीका सबै विद्यालय र विश्वविद्यालय मार्च १५ सम्मका लागि बन्द गरिने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सबै शैक्षिक संस्था बन्द गरिएको शिक्षामन्त्री लुसिया एज्जोलिनाले बताइन् ।
इटाली र इरानमा संक्रमण र मृतकको संख्या बढिरहँदा बुधबार पोल्यान्ड, एन्डोरा, अर्मेनिया र अर्जेन्टिनामा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको छ ।
त्यस्तै कोभिड–१९ का कारण इरानमा ९२ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ । बुधबार थप १५ जनाको मृत्यु भएको छ भने ५ सय ८६ जनामा संक्रमण देखिएको छ ।
बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ । बुधबार थप ३१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । बुधबार थप १६० जनामा संक्रमण भएको पनि स्वास्थ्य आयोगले जनाएको छ । बिहीबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ भने करिब ५२ हजार निको भएका छन् ।
चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन् । बिहीबार बिहानसम्म दक्षिण कोरियामा संक्रमितको संख्या ५ हजार ७ सय ६६ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले कोरोनाविरुद्धको लडाइँलाई युद्धको संज्ञा दिएका छन् ।
अमेरिकामा पनि कोभिड–१९ को संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ । अमेरिकामा बिहीबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने १५८ जनामा संक्रमण देखिएको छ । त्यस्तै जापानमा १२ जनाको मृत्यु भएको छ भने एक हजार ३७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कोभिड–१९ को संक्रमणबाट फ्रान्समा ४, स्पेन, हङकङ, अस्ट्रेलिया र इराकमा २–२ जनाको मृत्यु भएको छ भने थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित रहेका छन् । ५३ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
कहाँ कति मृत्यु, कति संक्रमित?
देश | मृत्यु हुनेको संख्या | संक्रमितको संख्या |
चीन | ३,०२२ | ८०,४३० |
दक्षिण कोरिया | ३५ | ५,७६६ |
इरान | ९२ | ३,०८९ |
इटाली | १०७ | २,०३६ |
जापान (पानीजहाजसमेत) | १२ | १,०३७ |
अमेरिका | ११ | १०० |
फ्रान्स | ४ | २८५ |
जर्मनी | २६२ | |
स्पेन | २ | २२८ |
सिंगापुर | ११२ | |
हङकङ | २ | १०३ |
कुवेत | ५६ | |
बहराइन | ५२ | |
थाइल्यान्ड | १ | ४३ |
ताइवान | १ | ४२ |
बेलायत | ८७ | |
अस्ट्रेलिया | २ | ५० |
स्विजरल्यान्ड | ९३ | |
मलेसिया | ५० | |
क्यानडा | ३४ | |
इराक | २ | ३५ |
नर्वे | ५९ | |
यूएई | २८ | |
अस्ट्रिया | २९ | |
नदेरल्यान्ड्स | ३८ | |
भियतनाम | १६ | |
स्विडेन | ५२ | |
लेबनान | १५ | |
इजरायल | १५ | |
मकाओ | १० | |
आइसल्यान्ड | २६ | |
सान मारिनाे | १ | १६ |
बेल्जियम | २३ | |
क्रोएसिया | १० | |
फिनल्यान्ड | ७ | |
ग्रीस | ९ | |
कतार | ८ | |
इक्वेडर | १० | |
भारत | २९ | |
मेक्सिको | ६ | |
ओमान | १५ | |
अल्जेरिया | १७ | |
चेक गणतन्त्र | ८ | |
डेनमार्क | १५ | |
पाकिस्तान | ५ | |
फिलिपिन्स | १ | ३ |
अजरबैजान | ३ | |
जर्जिया | ३ | |
राेमानिया | ६ | |
रुस | ३ | |
ब्राजिल | ३ | |
इजिप्ट | २ | |
इन्डोनेसिया | २ | |
पोर्चुगल | ६ | |
अफगानिस्तान | १ | |
एन्डोरा | १ | |
अर्मेनिया | १ | |
बेलारुस | १ | |
कम्बोडिया | १ | |
डोमिनिकन गणतन्त्र | १ | |
इस्टोनिया | २ | |
आयरल्यान्ड | १ | |
जोर्डन | १ | |
लाट्भिया | १ | |
लिथुवानिया | १ | |
लम्जेमबर्ग | १ | |
नर्थ म्यासेडोनिया | १ | |
मोनाकाे | १ | |
मोरक्को | १ | |
नेपाल | १ | |
न्युजिल्यान्ड | १ | |
नाइजेरिया | १ | |
साउदी अरेबिया | २ | |
सेनेगल | ४ | |
श्रीलंका | १ | |
ट्युनिसिया | १ | |
युक्रेन | १ | |
अर्जेन्टिना | १ | |
लिचेन्स्टाइन | १ | |
स्लाेभेनिया | १ | |
पोल्यान्ड | १ |
स्रोत : विश्व स्वास्थ्य संगठन, चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग र विभिन्न समाचार एजेन्सी
प्रकाशित : फाल्गुन २२, २०७६ ०८:०७अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?



