चीनमा १९ विदेशी मात्रै कोरोना संक्रमित

माघ २३, २०७६

लक्ष्मी लम्साल

बेइजिङ — चीनले हालसम्म जम्मा १९ जना विदेशी मात्रै कोरोना भाइरसबाट संक्रमित भएको बताएको छ। तीमध्ये २ जनाको सफल उपचार भएको र १७ जना अहिले निगरानीमा रहेको पनि चीनले प्रस्ट्याएको छ।  

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले बिहीबार चिनियाँ सामाजिक सञ्जाल वीच्याट ग्रुपमा विदेशी पत्रकारहरूसँग साक्षात्कार गर्दै यस्तो जानकारी दिएकी हुन्। बेइजिङमा भएको पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार विदेशीहरूको स्वास्थ्यप्रति चीनले चालेको कदमप्रति विदेशी समुदायले प्रशंसा गरेको छ। उनले भनिन्, चीनमा रहेका विदेशी नागरिकको जीवन रक्षा र स्वास्थ्यला चीनले प्राथमिकतामा राखेको छ। सक्दो प्रयास गरेर महामारीको प्रतिरोध गर्न लागि परेको छ। 

चीनले विदेशी नागरिकको सुरक्षाको प्रत्याभूति दिएको भन्दै उनले चीनमा रहेका धेरै विदेशीले चीनको मद्दत र चालेका कदमको सराहना गरेको बताइन् । उनले चिनियाँ वा विदेशी नागरिक भनेर कुनै विभेद नगरेको पनि प्रस्ट पारेकी छन्। उनले भनिन्, चीनले चिनियाँ नागरिकलाई जस्तै चीनमा रहेका विदेशीको स्वास्थ्य सुरक्षालाई निरन्तर रुपमा हेरचाह गर्दै एको छ।

काेराेना प्रकाेप

कोरोना भाइरस संक्रमित र उपचार भएका नागरिक कुन कुन देशका भन्ने नखुलेपनि हालसम्म यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। काठमाडाैंस्थित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि हालसम्म चीनमा रहेका नेपालीहरू सबै सुरक्षित भएको दाबी गर्दै एकी छ ।

कोरोना भाइरस

लक्ष्मी

Link copied successfully