३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साउदी राजकुमारले पत्रकार जमाल खसोग्गी हत्याको नैतिक जिम्मवारी लिए 

एजेन्सी

काठमाडौँ — साउदी राजकुमार महोम्मद बिन सलमानले पत्रकार जमाल खसोग्गीको हत्याको नैतिक जिम्मेवारी लिने बताएका छन् । पीबीएस डकुमेन्ट्रीले अर्को साता प्रशारण गर्न लागेको अन्तर्वातामा राजकुमार सलमानले उक्त घटना आफ्नो शासनकालमा भएको उल्लेख गर्दै घटनाको नैतिक जिम्मेवारी लिने बताएका हुन्।

साउदी राजकुमारले पत्रकार जमाल खसोग्गी हत्याको नैतिक जिम्मवारी लिए 

पत्रकार खसोग्गीको हत्या प्रकरणमा साउदी राजकुमार सलमानले यसअघि सार्वजनिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

अमेरिकी गुप्तचर संस्था सीआईए र पश्चिमेली मुलुकहरुले सलमानकै निर्देशनमा पत्रकार खसोग्गीको हत्या गरिएको दाबी गर्दै आएका थिए । साउदी अधिकारीहरुले उक्त घटनामा राजकुमारको कुनै संलग्नता नरहेको बताउँदै आएका थिए ।


पीबीएसका मार्टिन स्मिथलाई दिएको अन्तर्वातामा राजकुमार सलमानले भनेका छन्, 'यो घटना मेरो शासनकालमा भएको छ । र, यसको नैतिक जिम्मेवारी म आफैँ लिन्छु ।' अन्तवार्ता अक्टोबर १ मा प्रशारण हुँदैछ ।


अमेरिकामा रहँदै आएका वासिङटन पोस्टका स्तम्भकार खसोग्गी सन् २०१८ को अक्टोबर २ मा इस्तानबुलस्थित साउदी कन्सुलेटमा पसेको केही बेरमै मारिएका थिए ।

घटनामा संलग्न भएको भन्दै अमेरिकाले साउदी अरबका १७ जनामाथि प्रतिबन्ध लगाएको थियो भने टर्कीले खसोग्गीको हत्या प्रकरणमा राजकुमार मोहम्मद विन सलमानका निकट साउद अल–कहतानी र अहमद असिरीविरुद्ध वारेन्ट जारी गर्न साउदी अरबसँग माग गरेको थियो।

साउदीले घटनामा संलग्न भएको भन्दै कहतानी र असिरीलाई बर्खास्त गरेको थियो भने १८ जना पक्राउ गरेको थियो ।

उक्त घटनामा टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगानले साउदी अरबकै उच्च तहको संलग्नतामा भएको बताउँदै आएका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गी हत्याबारे गुप्तचर संस्था सीआईएको रिपोर्ट ‘निकै अपरिपक्व’ भएको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस्ः

खसोग्गी हत्या : साउदी अरबविरुद्ध अमेरिकाले कडा कदम नचाल्ने

प्रकाशित : आश्विन ९, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?