आजकै दिन : अन्तरिक्षमा हिँड्ने पहिलो महिला

श्रावण ९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८४ मा आजकै दिन (जुलाई २५) मा सोभियत संघ अन्तरिक्षयात्री स्वेतलाना सवित्सकाया अन्तरिक्षमा पुगेकी थिइन् । उनी अन्तरिक्षमा हिँड्ने पहिलो महिला हुन् । 

स्वेतलाना १९८२ मा ‘सोयूज टी–७’ मार्फत अन्तरिक्षमा पुगेकी थिइन् । त्यसको दुई वर्षपछि उनी ‘सोयूज टी–१२’ मिसनअन्तर्गत पुनः अन्तरिक्षमा पुगेकी हुन् । 

त्यस क्रममा उनी अन्तरिक्षमा हिँडेर कीर्तिमान कायम गरेकी हुन् । उनी दुई पटक अन्तरिक्षमा पुग्ने पनि पहिलो महिला हुन् । १९७१ मा उडान प्रशिक्षकको लाइसेन्स लिएकी स्वेतलाना १९८० को जुनमा आधिकारिक रूपमा सोभियत अन्तरिक्ष कार्यक्रममा जोडिएकी थिइन् । 

अन्तरिक्षमा उनले १९ दिन १७ घण्टा ६ मिनेट बिताएकी थिइन् । १९४८ को अगस्ट ८ मा सोभियत संघको मस्कोमा जन्मिएकी स्वेतलानाले १६ वर्षको उमेरमा नै प्यारासुट उडाउन सिकेकी थिइन् ।

१७ वर्षको उमेरमा नै उनले ४ सय ५० भन्दा बढी प्याराजम्प गरिसकेकी थिइन् । १९६६ मा स्नातक सकेपछि मस्को एभियसन इन्स्टिच्युटबाट उनले विमान उडाउन सिकेकी थिइन् । उनकी आमा मस्को कम्युनिस्ट पार्टीकी नेत्री थिइन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully