आजकै दिन : भारतको राष्ट्रपतिमा शंकर दयाल

श्रावण ८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९२ मा आजकै दिन (जुलाई २४) मा शंकर दयाल शर्मा भारतको राष्ट्रपति निर्वाचित भएका थिए । उनी भारतका नवौं राष्ट्रपति हुन् । १९९२ को जुलाई २५ मा कार्यभार सम्हालेका शर्मा १९९७ को जुलाई २५ सम्म भारतको राष्ट्रपति थिए ।

राष्ट्रपति हुनुअघि उनी भारतको आठौं उपराष्ट्रपति थिए । शर्माले १९८७ को सेप्टेम्बर ३ देखि १९९२ को जुलाई २५ सम्म उपराष्ट्रपतिको पद सम्हालेका थिए । उनी १९७२ देखि १९७४ सम्म भारतीय राष्ट्रिय कंग्रेसको प्रमुख थिए । 

उनले महाराष्ट्र, पञ्जाब र आन्ध्र प्रदेशको गर्भनरको समेत भूमिका निर्वाह गरेका थिए । त्यसअघि उनी भारतको केन्द्रीय सञ्चारमन्त्री तथा मध्यप्रदेश राज्यको मन्त्री थिए । १९१८ को अगष्ट १९ मा जन्मिएका शर्मा १९५२ देखि १९५६ सम्म मध्यप्रदेश राज्यको मुख्यमन्त्री थिए । शर्माको १९९९ को डिसेम्बर २६ मा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully