सौरभको ‘छ जी’

श्रावण ८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यवसायी सौरभ ज्योतिको स्वरमा नयाँ गीत ‘छ जी’ सार्वजनिक भएको छ । सौरभको आफ्नै शब्दको नेवारी गीतमा जेम्स प्रधानले संगीत भरेका छन् । 

प्रेमभावमा आधारित गीतको भिडियो ज्योत्सना योगीको निर्देशनमा तयार भएको छ । भिडियोमा सौरभसँगै आचल ताम्राकार, रसिक श्रेष्ठ, सिर्जना शाक्य ज्योति र टीका निरौलाले अभिनय गरेका छन् ।

नयन राईले छायांकन गरेको गीतको भिडियो अशोक अधिकारी र न्हुजन डंगोलले सम्पादन गरेका हुन् । गीतको भिडियो एस जे मोटो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully