को आए, कसरी आए?

संसद्‍मा महिलाको प्रतिनिधित्वका हिसाबले नेपाल दक्षिण एसियामा अगाडि छ, जसको मुख्य कारण दोस्रो जनआन्दोलनपछि लागू गरिएको आरक्षण हो। तर महिलाहरू आरक्षणमै मात्र निर्भर छैनन्; उनीहरू प्रत्यक्ष चुनावमा पनि प्रतिस्पर्धा गरेर अघि बढिरहेका छन्। पुरुषप्रधान समाजमा पहिलेझैँ अहिले पनि महिलाहरूले चुनौती स्वीकार गरेका छन्। यही कारण यस निर्वाचनमा फरक पेसा, आवाज, उद्देश्य र अठोट भएका महिलाहरू निर्वाचित भएका छन्। याे साताको कोसेलीमा तिनै महिलाहरूका कथा प्रस्तुत गरिएको छ।

कर्णालीबाट एक्ली महिला सांसद

कांग्रेसबाट विजेता थापाले निर्वाचनमा १२ हजार ३ सय ७२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे

The only female MP from Karnali

मधेशी महिला : फराकिलो मतले संसद् प्रवेश

२१ फागुन २०८२ को निर्वाचनमा रास्वपाबाट तीन मधेशी महिलाले निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरेका छन् । मोरङ–५ बाट आशा झा, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी र महोत्तरी–४ बाट गौरी कुमारी निर्वाचित भएका हुन् ।

Madhesi women: Entering Parliament with a wide margin

बेग्लाबेग्दै पेसाबाट राजनीतितिर

फरक पेसामा आफूलाई सावित गरिसकेका यी महिलाले संसद्मा आफूलाई कसरी उभ्याउलान् ? उनीहरूको संसदीय यात्रा कस्तो होला ? उनीहरूले आफ्ना वाचा पूरा गर्लान् कि नगर्लान् ?

Moving from profession to politics

सडक जागरणबाट उदाएकी रञ्जु

२०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुँदा रञ्जु दर्शना २१ वर्षकी थिइन् । १७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदा उनले समाजका पीडा र आशा देखेकी छन् । भन्छिन्, ‘आउने पुस्ताप्रतिको जिम्मेवारीले मलाई राजनीतिमा अघि बढायो ।’

Ranju, who emerged from the street awakening

सामाजिक अभियानले पुर्‍यायो संसद्

समाजमा व्याप्त बेथितिविरुद्ध आवाज उठाउँदै, असहयोग वर्ग/समुदायलाई सहयोग र संरक्षण गर्दै र अधिकार प्राप्तिको अभियान चलाउँदै आएका इन्दिरा रानामगर, आशिका तामाङ र रुबिना आचार्य राजनीतिक दलमा आबद्ध भएको छोटो समयमै नीति निर्माण तहमा पुगेका छन्

Social campaign reaches Parliament
Link copied successfully