कोरोना संक्रमणबाट कञ्चनपुरका दुई जनाको मृत्यु

जेष्ठ १७, २०७८

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमणबाट सोमबार कञ्चनपुरका थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बेलौरी र पुनर्वास नगरपालिकाका एक/एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, कैलालीको लम्कीका एक जनाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सोमबार कञ्चनपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९९ जना कोरोना मुक्त भएका छन् । जिल्लामा हाल ५७९ जना सक्रिय संक्रमित रहेका छन् । 

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully