बाँकेमा थप एक साता निषेधाज्ञा

जेष्ठ १७, २०७८

रूपा गहतराज

नेपालगन्ज — जिल्ला प्रशासन कार्यालय बाँकेले उपभोग्य बस्तुबिक्री गर्ने पसल खोल्ने समय बढाउँदै बाँकेमा पुन: सात दिन निषेधाज्ञा थपे गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताए । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएपछि स्थानीय प्रशासनले बिहान ९ देखि १२ बजेसम्म उपभोग्य बस्तु विक्री गर्ने पसललाई खोल्ने अनुमति दिएको छ।

कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै वैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा लगाइएको थियो । नेपालगन्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो । यो निषेधाज्ञा छैठौं पटक थप गरिएको हो । यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो ।

बाँकेमा पहिलो पटक गत वैशाख ९ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुन: निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि मंगलबार राति १२ बजे सकिदैँछ ।

कोरोना भाइरस

रूपा

Link copied successfully