कञ्चनपुर — कञ्चनपुरमा कोरोना संक्रमणबाट आइतबार ६ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार ४ जनाको महाकाली अस्पतालमा, एक जनाको सेती प्रादेशिक अस्पताल र एक जनाको दोधारा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिका २, बेदकोटका, शुक्लाफाँटाका, पुनर्वासका र दोधारा चाँदनीनगरपालिकाका एक/एक जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८३ पुरुष र ३२ महिला गरी ११५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार जिल्लामा पीसीआर परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
