सेती अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु 

कार्तिक १३, २०७७

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित ५७ वर्षीया महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ती महिलालाई असोज १० गते अस्पताल भर्ना गरिएको थियो ।

बुधबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या समेत बढेपछि उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको छ । 

कोरोना भाइरस

मोहन

Link copied successfully