कालंगामा नदीमा २ जना बगेर बेपत्ता

असार २७, २०७७

वसन्तप्रताप सिंह

बझाङ — कालंगा नदीमा बगेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केदारस्युँ गाउँपालिका -४ का १४ वर्षीय जगत अधिकारी र वडा नम्बर १ का १३ वर्षीय रोशन नेपाली रहेका छन् ।

जगत शुक्रबार साँझ ६ बजे कालंगा नदीमा जाल खेल्दै गर्दा नदीमा बगेको चप्पल समात्‍ने क्रममा बगेका हुन् भने रोशन शनिबार दिउँसो २ बजे सोही नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनका अनुसार दुवै जनाको खोजी कार्य भइरहेको छ ।    

यसअघि असार १६ गते छबिसपाथिभेराको किनाल्ना भिरबाट मोटरसाइकलसहित सेती नदीमा खसेका भनिएका रोल्पा घर भइ बझाङमा काम गर्दै आएका ३२ वर्षीय प्रतापसिंह कुलमगर अहिलेसम्म बेपत्ता रहेका छन् ।

भीरमा मोबाइल, पैसा र एउटा चप्पल भेटिए पनि उनी र मोटरसाइकल अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

बाढी-पहिरो

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully