तर अहिले उनी सिटी मात्र होइन, इंग्लिस टिमकै प्रमुख खेलाडी बनेका छन् । उनको यो यात्रालाई धेरैले उत्कृष्ट मानेका छन् ।
काठमाडौँ — इंग्ल्यान्डले विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वेको सामना गर्दा सबैको ध्यान डिफेन्डर निको ओ’रेलीमा रहनेछ । यसको स्पष्ट दुई कारण छन् ।
पहिलो, इंग्ल्यान्डले नर्वेलाई रोक्ने हो भने प्रमुख खेलाडी इर्लिङ हालान्डलाई रोक्नुपर्नेछ । यही सबैभन्दा ठूलो जिम्मेवारी उनको काँधमा रहेको छ । अर्को कारण मेक्सिकोविरुद्धको खेलमा रातो कार्ड खाएका हुनाले जारेल क्वान्सा डिफेन्समा हुने छैनन् ।
त्यति मात्र होइन, अर्को रक्षापंक्तिका खेलाडी मार्क गुएही पनि चोटका कारण सम्भवतः नर्वेविरुद्ध खेल्न असमर्थ रहने छन् । त्यसैले इंग्लिस डिफेन्स अलिकति फरक हुन सक्नेछ । यही फरक डिफेन्सको नेतृत्व गर्ने क्रममा रहनेछन्, २१ वर्षीय खेलाडी ओ’रेली । संयोग कस्तो भने हालान्ड पनि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट खेल्नछन् भने ओ’रेली पनि त्यसै टिमका प्रमुख खेलाडी हुन् ।
धेरै होइन, एक दुई सिजनअसिसम्म ओ’रेली प्रिमियर लिगमा आफूलाई स्थापित गर्नेक्रममा थिए । तर अहिले उनी सिटी मात्र होइन, इंग्लिस टिमकै प्रमुख खेलाडी बनेका छन् । उनको यो यात्रालाई धेरैले उत्कृष्ट मानेका छन् । मेक्सिकोविरुद्ध इंग्ल्यान्ड १० खेलाडीमा सीमित रहेपछि ओ’रेलीको प्रदर्शन असाध्यै बहादुरीपूर्ण रह्यो ।
नर्वेविरुद्धको खेललाई लिएर ओ’रेलीले भनेका छन्, ‘हाम्रो प्रमुख जिम्मेवारी भनेकै हालान्डलाई रोक्नुहुनेछ, गोल अवसर नदिने हुनेछ । तर हामीलाई के थाहा छ भने नर्वेली टिम भन्नु नै उनी एक्लो खेलाडी होइनन् ।’ इंग्ल्यान्ड ६ दशकयता पहिलो ठूलो उपाधि जित्ने अभियानमा छ । यो टिमलाई सेमिफाइनल पुग्नु छ भने ओ’रेलीले राम्रो खेल्नुपर्नेछ ।
