बाटो अझै लामो छ : एमबाप्पे

एमबाप्पे मोरक्कोविरुद्धको खेलमा सुरुमै पेनाल्टीमा गोल गर्न चुकेका थिए तर पछि दोस्रो हाफमा गोलको खाता खोल्न सफल भए । पछि उनकै पासमा ओसमन डेम्बेलेले दोस्रो गोल थपे ।

असार २७, २०८३

एएफपी

The road is still long: Mbappé

What you should know

फक्सबर्ग —  

फ्रान्सेली कप्तान केलियन एमबाप्पेलाई के लाग्छ भने आफ्नो टिम यस विश्वकपको सेमिफाइनल पुग्यो भन्दैमा भावना बग्नु आवश्यक छैन, टिमले त अझै धेरै लामो बाटो हिँड्नु छ । 

प्रतियोगिताको क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेपछि फ्रान्स बिहीबार अन्तिम चारमा पुगेको हो । खेलपछि कप्तान एमबाप्पेले भने, ‘आलोचनाको एकमात्र उत्तर जित हुने गर्छ ।’

फ्रान्सेली मिडियालाई अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘सबैले हामीलाई विश्वकप जित्ने लक्ष्यमा रहेको टिम भनेका छन् । यस्तो सुन्दा खुसी नै लाग्छ । हामी अहिले सेमिफाइनल पुगेका छौं, त्यसैले खुसी पनि छौं । तर हामीलाई अझै पनि धेरै लामो बाटो हिँड्नु छ । अबको बाटो झन् कठिन हुनेछ, तर हामी त्यो चुनौती सामना गर्न तयार छौं ।’ 

एमबाप्पे मोरक्कोविरुद्धको खेलमा सुरुमै पेनाल्टीमा गोल गर्न चुकेका थिए तर पछि दोस्रो हाफमा गोलको खाता खोल्न सफल भए । पछि उनकै पासमा ओसमन डेम्बेलेले दोस्रो गोल थपे । खेलको अन्त्यतिर उनलाई सब्स्टिच्युट गरिएको थियो । किनकि उनको खुट्टामा सामान्य चोट लागेको थियो । उनी भन्छन्, ‘अब जति पनि चुनौती हाम्रो टिमविरुद्ध तेर्सिने छ, त्यसलाई निस्तेज गर्नुपर्छ । अब हाम्रो प्रतिद्वन्द्वी कुन टिम हुनेछ, त्यो पनि हेर्नु छ ।’ उनले थपे, ‘मेरो चोटलाई लिएर धेरै चिन्ता गर्नुपर्दैन, म ठीक छु ।’ 

प्रशिक्षक डिडियर डेसच्याम्प पनि फ्रान्सको जितमा एमबाप्पेको प्रदर्शन निर्णायक रहेको मान्छन् । मोरक्कोविरुद्धको एक गोलपछि उनले यो प्रतियोगितामा गरेको गोलसंख्या ८ पुगेको छ । डेसच्याम्प भन्छन्, ‘जतिबेला टिममा एमबाप्पे जस्ता खेलाडी हुने गर्छन्, प्रशिक्षकले चिन्ता लिनुपर्दैन ।’

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी उदीयमान खेलाडी थिए । त्यसको चार वर्षपछि फ्रान्स उपविजेता मात्र रह्यो । तर उनले ८ गोल गरे । त्यसमा अर्जेन्टिनाविरुद्धको फाइनलमा गरेको ह्याट्रिक पनि सामेल छ । प्रशिक्षक डेसच्याम्पले फ्रान्सको प्रदर्शनलाई लिएर भनेका छन्, ‘लगातार तेस्रोपल्ट फाइनल पुग्नु ठूलै उपलब्धि हो ।’

उनले अगाडि थपे, ‘तर अहिले नै हामीले केही पनि हात पारेका छैनौं । हाम्रो टिम आफैंमा राम्रो छ, नत्र अहिले हामी सेमिफाइनल पुग्ने थिएनौं । अहिलेका लागि अन्तिम सेमिफाइनल मात्र पुगेका तथ्य पनि सत्य हो । अबको खेल पक्कै पनि यसअघिका प्रतिस्पर्धाभन्दा गाह्रो हुनेछ । यो खेलमा हामीले उपाधितर्फ एक पाइला चालेका छौं, अब हाम्रो उद्देश्य त उपाधिको भिडन्त नै हुनुपर्छ ।’

विश्वकप २०२६

एएफपी

Link copied successfully