इंग्ल्यान्डका लागि हालान्ड तगारो

इंग्ल्यान्डले शनिबार सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्दै छ । मेक्सिकोविरुद्ध उसकै घरमा प्राप्त जितपछि इंग्ल्यान्ड उत्साही छ ।

असार २७, २०८३

एएफपी

Haaland a barrier for England

What you should know

मियामी — इंग्ल्यान्डको ६० वर्षयता पहिलो पटक विश्वकप जित्ने अभियानमा तेर्सिएको सबैभन्दा ठूलो चुनौती छ, इर्लिङ हालान्ड । इंग्ल्यान्डले शनिबार सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्दै छ । मेक्सिकोविरुद्ध उसकै घरमा प्राप्त जितपछि इंग्ल्यान्ड उत्साही छ । त्यति मात्र होइन, कप्तान ह्यारी केन र जुड बेलिङ्घम पनि लयमा छन् । 

त्यसैले इंग्ल्यान्डले क्वाटरफाइनल जितका लागि बलियो प्रत्याशी रहेको छ । तर इंग्ल्यान्डको रक्षापंक्तिले त्यसका लागि सबैभन्दा पहिले हालान्डलाई रोक्नुपर्नेछ । उनकै दुई गोलको मदतमा नर्वेले यसअघि ब्राजिललाई हराएको थियो र उनले विश्वकपका आफ्ना ५ खेलमै ७ गोल गरिसकेका छन् । फेरि हालान्ड इंग्ल्यान्डमै जन्मेका हुन् । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका लागि खेल्छन् । उनी इंग्ल्यान्डको सामना गर्दा कुनै दबाब नहुने दाबी गर्छन् । 

उनी भन्छन्, ‘यस विश्वकपमा उपाधि जित्न केही बलियो प्रत्याशी छन् र त्यसमध्ये इंग्ल्यान्ड पनि एक हो । त्यसैले हामीले इंल्यान्डलाई अबको खेलमा दबाब सिर्जना गर्न सक्नुपर्छ ।’ 

नर्वे २८ वर्षको अन्तरालमा विश्वकप खेल्दै छ । टोलीको जनसंख्या ५० लाखमात्र रहेको छ । तर यो टिमले धेरै अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ । नर्वेली टिमले प्रत्येक खेलपछि जसरी खुसीयाली मनाएको छ, त्यसले सबैको ध्यान खिचेको छ । ब्राजिलविरुद्धको जितपछि हालान्डले नै ड्रम बजाउने काम गरेका थिए । उनका साथी खेलाडीले डुंगा खियाएको नक्कल गरेका थिए । नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको छ, टोली नयाँ इतिहास कोर्न चाहन्छन् । हालान्ड थप्छन्, ‘ब्राजिललाई हराएर क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नु आफैंमा विशेष छ ।’ उनको भनाइ छ, ‘नर्वेमा अहिले जुन उत्साह देखिएको छ, त्यो अपूर्व छ । त्यसैले मलाई लाग्छ, हामीले केही विशेष गरिरहेका छौं ।’ 

Haaland a barrier for England

इंग्ल्यान्ड लगातार तेस्रोपल्ट विश्वकपको क्वाटरफाइनल खेल्दै छ । तर टोलीका लागि पनि आफ्नो लय कायम राख्ने चुनौती हुनेछ । थोमस टचेलको इंग्ल्यान्डले १० खेलाडीमा सीमित रहेर मेक्सिकोलाई हराएको हो र यो आफैंमा सजिलो जित रहेन । यो जितलाई इंग्ल्यान्डले विदेशी भूमिमा प्राप्त विश्वकपको सबैभन्दा उच्च सफलता भन्न थालिएको छ । 

सन् १९६६ यता इंग्ल्यान्डका लागि एकपछि अर्को पुस्ताले राम्रो खेले पनि एउटा ठूलो उपाधिबाट भने वञ्चित रहने गरेको छ । यसक्रममा इंग्ल्यान्डले दुई अवसरमा युरोपेली च्याम्पियनसिपको फाइनल गुमाएको छ भने पछिल्ला दुई विशवकपमा सेमिफाइनल र क्वाटरफाइनलको यात्रा तय गरेको छ । इंग्ल्यान्डको विङ्गर बुकायो साका भन्छन्, ‘हामीलाई पनि के थाहा छ भने जुन टिमले जित निकाल्छ, त्यसैलाई मात्र राम्रो भन्न सकिन्छ ।’

इंग्ल्यान्डको अहिलेसम्मको यात्रामा बेलिङ्घम र केन नै प्रमुख खेलाडी छन् । रियल म्याड्रिड र बायर्न म्युनिखका यी दुई खेलाडीले इंग्ल्यान्डबाट यस विश्वकपमा सम्भव ११ मध्ये १० गोल गरेका छन् । अर्कोतर्फ जारेल क्वान्साले मेक्सिकोविरुद्धको खेलमा खाएको रातो कार्डका कारण सम्भवतः दुई खेल गुमाउने छन् । त्यसैले प्रशिक्षक टचेलले इंग्ल्यान्डको रक्षापंक्तिमा हेरफेर गर्नुपर्नेछ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully