हारले सह–आयोजक रहेको मेक्सिकोको प्रतियोगितामा चुनौती समाप्त भएको छ ।
काठमाडौँ — दस खेलाडीमा सीमित इंग्ल्यान्डले विश्वकप २०२६ मा सोमबार मेक्सिकोमाथि नाटकीय ३–२ को जित रच्दै अन्तिम आठमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेल खराव मौसमका कारण एक घण्टा ढिला सुरु भएको थियो र यो प्रतियोगिताकै सर्वाधिक रोमाञ्चक प्रतिस्पर्धामध्ये एक रह्यो ।
इंग्ल्यान्डका लागि बेलिङघमले पहिलो हाफमा दुई गोल गरे । उनले ३६ औं मिनेटमा गोलको खाता खोले र त्यसको दुई मिनेटपछि नै दोस्रो गोल पनि थपे । लगतै ४२ औं मिनेटमा मेक्सिको एक गोल फर्काउन सफल रह्यो र यो जुलियन क्विनोनेसको नाममा रह्यो ।
दोस्रो हाफको सुरुमै इंग्ल्यान्डले रातो कार्डमा जारेल क्वानसालाई गुमाएको थियो । ह्यारी केनले ६० औं मिनेटमा पेनाल्टीबाट इंग्ल्यान्डका लागि गोल गर्दै टिमको अग्रता फेरि बढाएका थिए, तर यो पनि लामो समय टिकेन् । यस विश्वकपमा उनको यो छैटौं व्यक्तिगत गोल हो । मेक्सिकोका लागि राउल जिमिनेसले पेनाल्टीबाट नै ६९ औं मिनेटमा अर्को गोल फर्काए ।
हारले सह–आयोजक रहेको मेक्सिकोको प्रतियोगितामा चुनौती समाप्त भएको छ । मेक्सिको प्रतियोगिताबाट बाहिरिने क्यानाडा पनि दोस्रो आयोजक देश पनि बनेको छ । अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेको सामना गर्नेछ ।
