अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास

ब्राजिलका लागि सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षीय नेयमारले भनेका छन्, ‘म असाध्यै थाकें । ब्राजिलका लागि मैले खेल्ने दिन सकिए ।’

असार २२, २०८३

कान्तिपुर संवाददाता

Neymar retires from international football

काठमाडौँ — ब्राजिली स्टार नेयमारले विश्वकप २०२६ मा आफ्नो टिम अन्तिम १६ को चरणबाट बाहिरिएलगत्तै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । पाँचपल्टको विजेता ब्राजिल नर्वेको हातबाट पराजित भएको हो ।

Neymar retires from international footballमेट लाइफ स्टेडियममा भएको खेलमा नेयमार सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका थिए र पेनाल्टीबाट एक गोल पनि गरे । इर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वे भने २–१ ले विजयी रह्यो।

ब्राजिलका लागि सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षीय नेयमारले भनेका छन्, ‘म असाध्यै थाकें । ब्राजिलका लागि मैले खेल्ने दिन सकिए ।’ 

पछिल्लो समय चोटको समस्याबाट गुज्रिरहेका नेयमार अविश्वसनीय रूपमा विश्वकप खेल्ने ब्राजिली टिममा परेका थिए ।
Neymar retires from international football

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully