लियोनल मेसीको डिफेन्डिङ च्याम्पियनलाई जितसम्म पुग्न १ सय ११ औं मिनेटमा डिनेयी बोरगेसको आत्मघाती गोलको आवश्यक परेको थियो ।
What you should know
मियामी — केप भार्डेले एउटा राम्रो उदाहरण तयार पारेको छ, देश जत्तिकै सानो किन नहोस्, उसले ठूलो सपना देखे हुन्छ । विश्वकप २०२६ मा शुक्रबार साना टापुहरूको देशले अर्जेन्टिनाविरुद्ध झन्डै ठूलो अप्रत्यासित नतिजा निकाल्न सक्ने स्थिति बनेको थियो ।
डिफेन्डर पिको लोपेस भन्छन्, केप भार्डेले विश्वमा जुन बाटो बनाएको छ, त्यसलाई अरूले पछ्याए हुन्छ । लियोनल मेसीको डिफेन्डिङ च्याम्पियनलाई जितसम्म पुग्न १ सय ११ औं मिनेटमा डिनेयी बोरगेसको आत्मघाती गोलको आवश्यक परेको थियो । अर्जेन्टिना अन्तिम ३२ चरणमा प्राप्त यही जितपछि अगाडि बढेको छ । केप भार्डे त्यस्तो सानो द्वीप समूहको देश हो, जसको जनसंख्या ५ लाखमात्र रहेको छ । यही टिमले स्पेन, उरुग्वे र साउदी अरेबियालाई लिग चरणमा बराबरीमा रोकेको थियो ।
त्यो पनि विश्वकपमा डेब्यु गर्दै गर्दा प्राप्त सफलता हो । आयरल्यान्डमा जन्मेका लोपेस भन्छन्, ‘हामीले जे जस्तो उपलब्धि हात पारेका छौं, त्यो अद्वितीय छ । हामीले देखाएका छौं, सानो देशले पनि साँच्चै सपना देखे हुन्छ । मुटु ठूलो मात्र बनाउनुपर्छ, सबथोक सम्भव हुन्छ । हामीलाई देखेर केप भार्डेका अन्य युवाले पनि अब फुटबलमा केही गर्न प्रेरित रहनेछ ।’
गोलरक्षक भोजिन्हा त यस विश्वकपकै सबैभन्दा ठूला स्टार साबित भएका छन् । स्पेनविरुद्ध उनले जुन ‘प्लेयर अफ द म्याच’ प्रदर्शन गरे, त्यो कसैले पनि बिर्सने छैनन्, लामो समयका लागि । विश्वकप सुरु हुनु अगाडि यी ४० वर्षीय गोलरक्षकको सामाजिक सञ्जालमा पछ्याउने थिए, ५० हजार । अहिले यसको संख्या एक करोड ९० पुगिसकेको छ । बढ्ने क्रम जारी छ ।
अहिले कुनै पनि क्लबसँग आवद्ध नरहेका भोजिन्हा भन्छन्, ‘यो विश्वकपले हामीलाई धेरै अर्थ दिएको छ । हामीले यस्तो सपना धेरै अगाडि देखेका थियौं । जतिबेला हामी विश्वकपका लागि छनोट भयौं, त्यो सपना धेरै हदसम्म पूरा भएको थियो । अहिले त हामीले यस विश्वकपमा झन् राम्रो खेलेका छौं । जे जस्तो भयो, ती सबैमा हामीमाथि गर्व हुनेछ ।’
मेसीले विश्वकप इतिहासमै आफ्नो २० औं गोल गर्दा लागिरहेको थियो, अर्जेन्टिना एक अर्को अपेक्षित जिततर्फ अग्रसर छ । तर केप भार्डेले हार स्वीकार्न मानेन । खेलमा दुईपल्ट पछाडि रह्यो, दुवै अवसरमा बराबरी गर्न सफल रह्यो । डेरोय डुर्टेको गोल मदतमा केप भार्डे खेललाई अतिरिक्त समयसम्म लैजान सफल भएको हो ।
लोपेस अहिले आयरल्यान्डमा पनि नायक भएका छन् । त्यहाँ उनी सामरक रोभर्सबाट खेल्छन् । उनकी आमा आइरल्यान्डमा हुन् भने बुवा केप भार्डे । उनी भन्छन्, यो विश्वकपमा उनको देश केप भार्डेलाई पहिलो पटक साँच्चै विश्व मानचित्रमा प्रस्ट देखाएको छ । उनी भन्छन्, ‘जति बेला हामी विश्वकपका लागि छनोट भएका थियौं, हाम्रो देश कहाँ छ भनेर देखाउन मन थियो ।’
