विश्वकप २०२६ : पाराग्वेलाई मौसमको भन्दा फ्रान्सको आक्रमणको चिन्ता

फ्रान्सले फिलाडेल्फियाको उच्च तापक्रममा आइतबार विश्वकप फुटबलको अन्तिम १६ मा पाराग्वेको सामना गर्दैछ । यस खेल जित्ने टोलीले क्वाटरफाइलनमा मोरक्कोको सामना गर्नेछ ।

असार २१, २०८३

एएफपी

World Cup 2026: Paraguay more worried about France's attack than the weather

फिलाडेल्फिया — फ्रान्सले फिलाडेल्फियाको उच्च तापक्रममा नेपाली समय अनुसार आइतबार बिहान विश्वकप फुटबलको अन्तिम १६ मा पाराग्वेको सामना गर्दैछ । यस खेल जित्ने टोलीले क्वाटरफाइलनमा मोरक्कोको सामना गर्नेछ ।

अमेरिकाले जुलाई ४ मा आफ्नो स्वतन्त्रा दिवस मनाइरहँदा फ्रान्स र पाराग्वेका खेल भने मौसमको चेतावनीसहित हुन लागेको छ । पेनसेल्भेनियामा उच्च आद्रता ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । खेल स्थानीय समय अनुसार साँझको ५ बजे हुनेछ र यो समयमा आँधी तुफान पनि आउने अनुमान गरिएको छ ।  

यो कन्डिसनका लागि आफ्नो टोली तयार रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेस्याम्पसले बताएका छन् । फ्रान्सले प्रतियोगितामा चार खेल खेल्ने क्रममा १३ गोल गरिसकेको छ । फ्रान्स अउरेलिइन टचोउमेनी बिनै खेल्ने छ । तिघ्रामा लागेको चोटका कारण खेल्न नसक्ने भएको रिपोर्टमा जनाइएको छ । उनको स्थान मानु कोनेले लिनेछन् । 

पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले आफ्नो दक्षिण अमेरिकी टोली मौसम भन्दा पनि फ्रान्सको तुफान जस्तो रहेको आक्रामकतालाई लिएर चिन्तित रहेको जनाएका छन् । ‘फ्रान्स विधुतीय तुफान जस्तो छ, हामी त्यसलाई सामना गर्न तयार रहनु पर्छ,’ उनले भने । 

पाराग्वेले अन्तिम ३२ को अघिल्लो खेलमा जर्मनीलाई पेनाल्टी शुटआउटमा पन्छाएको थियो र उनले फ्रान्सलाई पनि शारीरिक चुनौती दिएर अवरोध तेर्‍स्‍याउने प्रयास गर्नेछ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully