विश्वकप २०२६ : क्यानडालाई पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा

मोरक्कोले शनिबार सहआयोजक क्यानडालाई अमेरिकाको डालासमा भएको खेलमा ३–० ले पराजित गर्‍यो ।

असार २१, २०८३

एएफपी

World Cup 2026: Morocco advances to quarterfinals after defeating Canada

ह्युस्टन — अजेडिन ओउनाहीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा मोरक्को विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

मोरक्कोले शनिबार सहआयोजक क्यानडालाई अमेरिकाको डालासमा भएको खेलमा ३–० ले पराजित गर्‍यो ।

पहिलो हाफमा क्यानडाले एकोहोरो आक्रामण गरे पनि दोस्रो हाफमा मोरक्कोले खेल पल्टाएको थियो । अचरफ हाकिमीको फ्रिकिक पासमा ओउनाहीले ५० औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले ८२ औं मिनेटमा दोस्रो गोल गरे । यसपटक उनले ब्राहिम डियाजको पासलाई सदुपयोग गरे ।

World Cup 2026: Morocco advances to quarterfinals after defeating Canada

इन्जुरी टाइमको आठौं मिनेटमा सुफियान रहिमीले गोल गरे । पास उपलब्ध गराउने उनै डियाज थिए । मोरक्कोले अब क्वाटरफाइनलमा फ्रान्स र पाराग्वे बीचको विजेतासँग खेल्ने छ । 

World Cup 2026: Morocco advances to quarterfinals after defeating Canada

२०२२ मा मोरक्को पहिलो अफ्रिकी राष्ट्रको रुपमा सेमिफाइनलमा पुगेको थियो । सोक्रममा मोरक्कोले समूह चरणमा क्यानडालाई २–१ गोलले पराजित गरेको थियो । 

मोरक्को आफ्नो इतिहासमा पहिलो अन्तिम १६ मा पुगेको थियो । अन्तिम ३२ को खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गरेको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully