फ्रान्सको लय, मेसीको गोल र आयोजकको उत्साह

अमेरिका, क्यानडा र मेक्सिको तीनै आयोजक देश यसपल्ट विश्वकपको अन्तिम १६ मा पुग्न सफल

असार २१, २०८३

एएफपी

France's rhythm, Messi's goal and the hosts' enthusiasm

What you should know

लस एन्जलस — विश्वकप फुटबलको खास मज्जा आउने भनेकै नकआउट चरण पुग्दा हो । विश्वकप २०२६ को अन्तिम ३२ का खेलले यो प्रमाणित गरेन र भने ? एक खराब दिन नहुने अनि दोस्रो अवसर नबन्ने । 

प्रतियोगिताको नकआउट चरणको पहिलो खुड्किलो यसपल्ट पनि कम्तीको रहेन । युरोपबाट सात टिम नकआउट चरण पुगेका थिए । त्यसमा उत्कृष्ट लयमा रहेको फ्रान्स पनि पर्छ । 

दक्षिण अमेरिकाका चार टिमले अबको अन्तिम १६ को चरण खेल्नेछ । त्यसमा दुई पारम्परिक शक्ति ब्राजिल र अर्जेन्टिना छ । त्यसमाथि अहिले डिफेन्डिङ च्याम्पियनका कप्तान लियोनल मेसीले गोल गरेको गर्‍यै छन् । सँगै तीनै आयोजक देशको चुनौती पनि कायम छ । अन्तिम ३२ को चरणका खास–खास विशेषता के रहे त ? अब हामी त्यसका विश्लेषण गर्ने प्रयास गर्नेछौं । 

सबैभन्दा उत्कृष्ट फ्रान्स

अहिले त के देखिएको छ भने फ्रान्सका लागि अगाडि खेल्ने चार खेलाडी ओसमन डेम्बेले, डिजायर डोइ, केलियन एमबाप्पे र माइकल ओलिसलाई कसरी रोक्ने हो, त्यसको भेउ विपक्षी टिमले पाएका छैनन् । अब त ब्राडली बार्कोला पनि त्यस्तै लयमा देखिसकेका छन् । 

यस्तोमा भन्न कर लाग्छ, फ्रान्स जत्तिको उत्कृष्ट टिम यसपल्टको विश्वकपमा देखिएकै छैन । स्विडेनमाथि फ्रान्सले जसरी तीन गोलको सिजन निकाल्यो, त्यसले प्रस्ट भन्छ, फ्रान्सले नै अहिले देखिएका टिममध्ये उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी हो । प्रशिक्षक डिडियर डेसच्याम्प पनि असाध्यै खुसी देखिएका छन् । 

युरोपले देखाएको उच्च स्तर 

फ्रान्स मात्र होइन, युरोपका अन्य टिमको पनि प्रदर्शन राम्रो रहेको छ भन्दा हुन्छ । नर्वे, बेल्जियम, इंग्ल्यान्ड, पोर्चुगल, स्पेन र स्विट्जरल्यान्ड अन्तिम १६ को चरणमा पुगेका छन् । बेल्जियम र इंग्ल्यान्डले भने आफ्ना अफ्रिकी प्रतिद्वन्द्वीबाट बलियो चुनौतीको सामना गर्नुपर्‍यो । विशेषतः बेल्जियमले सेनेगलमाथि जुन पुनरागमन रच्यो, त्यो न सनसनीपूर्ण नै रह्यो । डीआर कंगोले भने इंग्ल्यान्डको राम्रो परीक्षा लियो । पोर्चुगलले अर्को युरोपेली टिम क्रोएसियालाई हराएको खेल पनि कम्तीको रहेन । एकाध अपवाद छाडेर युरोपका प्रमुख टिम सबै अगाडि बढ्न सफल रहे । 

अवसानतिर महाशक्ति

युरोपका कुनै एक महाशक्तिले सबैलाई निरास पारेको छ भने त्यो जर्मनीले नै हो । इटाली छनोट नै हुन सकेन, उरुग्वे लिग चरणमै रोकियो । जर्मनी यी दुईभन्दा केही राम्रो गर्‍यो भनौं । तर टोलीले पनि अन्तिम ३२ चरणको यात्रा अनुकूल बनाउन सकेन । जर्मनी पाराग्वेविरुद्ध पेनाल्टी शुटआउटमा पराजित रह्यो । सन् २०१४ यता नकआउट चरणमा जित हात पार्न नसकेको क्रम कायम रह्यो । जर्मनी विश्वकपमा कमजोर हुन थालेको पनि अहिले मात्र होइन । यसअघिका दुई संस्करणमा त झन जर्मनी लिग चरणमै रोकिएको थियो । अब छाँट के देखिएको छ भने जर्मन टिममा ठूलै परिवर्तन आउने छ । 

घरेलु मैदानको फाइदा

फुटबलमा घरेलु टिमलाई फाइदा हुन्न अब कसले पो भन्न सक्छ ? अमेरिका, क्यानडा र मेक्सिको तीनै सहआयोजक देश यसपल्ट अन्तिम १६ को चरण पुग्न सफल रहे । यसरी तीनै आयोजक देशको चुनौती कायम रहनुले घरेलु समर्थक खुसी छन । यसले प्रतियोगिताको रौनकता पनि उत्तिकै कायम रह्यो । प्रतियोगिता सुरु हुनु अगाडि कम्तीमा एउटा डर थियो, कतै अमेरिकी आम खेलप्रेमीले फुटबलको विश्वकपमा कम रुचि देखाउने त होइन ? तर यस्तो भएको छैन । मेक्सिको त खुबै लयमा छ । क्यानडाले अमेरिकी भूमिमा खेल्नुपरे पनि आफ्नो उत्साह कायम राखेको छ । 

गोल्डेन बललाई स्टारको दौड

यसपल्टको विश्वकपका साँच्चै केही सबैभन्दा बढी उत्साहबर्द्धक रहेको छ भने त्यो गोल्डेन बल अवार्डको दौड हो । त्यो दौड पनि कस्तो भन्दा केही खेलाडी कुमसँग कुम मिलाएर अगाडि बढिरहेका छन् । त्यो पनि नाम चलेका ठूला स्टार नै । यो होडमा मेसी अगाडि छन्, उनले ७ गोल गरिसकेका छन् । उनको पछाडि ६ गोलमा एमबाप्पे छन् । अनि पाँच गोलको सूचीमा इर्लिङ हालान्ड र इंग्ल्यान्डका कप्तान ह्यारी केन छन् । त्यति मात्र होइन, मेसीले विश्वकपमा गरेको गोल संख्याले पनि २० छोइसकेको छ । गोल्डेन बलका लागि दौडले विश्वकप आफैंलाई बढी रोमाञ्चक मात्र बनाएको छैन, खासमा सनसनीपूर्ण नै बनाएको छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully