इंग्ल्यान्डलाई कंगो चुनौती बन्न सक्ने

कंगो त्यस्तो विपक्षी टिम रहनेछ, जसका विरुद्ध सामान्य भुल पनि महँगो हुने डर छ । थोमस टचेल (तस्बिरमा) को इंग्ल्यान्ड समूह ‘एल’ मा अन्तिममा हराएर जित्न सफल थियो ।

असार १७, २०८३

रोयटर्स

Congo could pose a challenge for England

What you should know

एटलान्टा — इंग्ल्यान्डले विश्वकप २०२६ मा त्यो लय हात पार्न सकेको छैन, जुन अपेक्षित थियो । जतिबेला इंग्ल्यान्डले बुधबार अन्तिम ३२ को खेलमा डीआर कंगोको सामना गर्दा टोलीलाई गाह्रो हुन सक्नेछ । कंगो त्यस्तो विपक्षी टिम रहनेछ, जसका विरुद्ध सामान्य भुल पनि महँगो हुने डर छ । थोमस टचेल (तस्बिरमा) को इंग्ल्यान्ड समूह ‘एल’ मा अन्तिममा हराएर जित्न सफल थियो । 

यसै कारण धेरै हदसम्म इंग्ल्यान्डका लागि अबको बाटो सहज देखिन्छ । यति हुँदाहुँदै पनि इंग्ल्यान्डले उच्च प्रदर्शन गर्न सकेको छैन । घानाविरुद्ध लिग चरणको दोस्रो खेलमै निराशाजक गोलरहित बराबरीमा टुंगिएको थियो । पानामाविरुद्ध भने जुड बेलिङ्घम र ह्यारी केनले गोल गरेका थिए । तर प्रतियोगिता अगाडि बढ्दै जाँदा अरू खेलाडीबाट पनि गोल अपेक्षित हुनेछ । 

क्रोएसियाविरुद्ध पहिलो खेलमा इंग्ल्यान्डको ४–२ को जित भने रोमाञ्चक रह्यो । लिग चरणमा इंग्ल्यान्डको समग्र प्रदर्शनको विशेषता थियो, कल्पनाशीलतामा कमी, आक्रमणमा कमजोर र उपाधिको प्रत्याशीको छवि बनाउन नसक्नु । बुधबार एटलान्टामा हुने नकआउट चरणको खेलमा इंग्ल्यान्डसामु यी सबै समस्या जसरी पनि समाधान गर्नुपर्नेछ । 

कंगो भने तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टिममध्ये एकको हैसियत बोकेर दोस्रो चरणसम्म पुगेको हो । लिग चरणमा कंगो एकपल्ट प्रतियोगिताबाट बाहिरिने स्थितिबाट गुज्रिएको थियो । त्यसयता टोलीले राम्रो प्रदर्शन गरेको छ । एटलान्टामै भएको खेलमा कंगोले उज्वेकिस्तानमाथि ३–१ को प्रभावशाली जित निकालेको थियो । यो खेलमा कंगोलाई अघि बढ्न जित अनिवार्य थियो । 

सवास्टिन डेसाब्रेको टिमले उज्वेकिस्तानविरुद्ध दुई आक्रमणमा दुई खेलाडी उतारेको थियो । तय छ, इंग्ल्यान्डविरुद्ध उनले पछाडि ५ खेलाडी रक्षापंक्तिमा उतार्ने छ । लिग चरणमा कंगाले यही रणनीति उपयोग गरेर पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो भने कोलम्बियासँग १–० को साँघुरो हार बेहारेको थियो । कंगो यस्तै प्रदर्शन दोहोर्‍याउने पक्षमा हुनेछ । 

इंग्ल्यान्डका लागि मिडफिल्डर डेक्लन राइस फेरि सुरुआती ११ मा फर्किन सक्नेछन्, तर अझै पनि राइट ब्याकलाई लिएर समस्या यथावत् छ । राइस चोटका कारण पानामाविरुद्धको खेलमा देखिएनन् । टिमले सक्दो बढी सटिक आक्रमण बुन्नुपर्नेछ । कंगोका लागि अहिलेसम्मको प्रदर्शन नै एक प्रकारले सफलता मान्न सकिन्छ । 

यस्तो किनभन्दा यसअघिको एक्लो विश्वकप सहभागितामा यो देश लिग चरणमै रोकिएको थियो । त्यतिबेला सन् १९७४ को विश्वकपमा टोलीले जायरको नाममा खेलेको थियो र पहिलो अनुभव सुखद रहेन । जायरले त्यति बेला एकै गोल पनि गर्न सकेन र उल्टै १४ गोल खाएको थियो । युगोस्लाभियाविरुद्धको खेलमा ९ गोल खाएको थियो । विश्वकप छनोटमा भने कंगोले जमैकाको चुनौती पन्छाएको थियो । 

अर्कोतर्फ इंग्ल्यान्डलाई त्यस्तो टिम मानिएको छ, जसले यस विश्वकपमा लामै दूरी तय गर्ने मानिएको छ । इंग्ल्यान्ड ६० वर्षयता पहिलो ठूलो उपाधि जित्ने अभियानमा छ । त्यसलाई साकार पार्ने हो भने कम्तीमा अहिलेका लागि कंगोविरुद्ध सुदृढ खेल प्रदर्शन गर्नुपर्ने हुन्छ । यो खेलको विजेताले अन्तिम १६ मा मेक्सिको र इक्वडेरबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

विश्वकप २०२६

रोयटर्स

Link copied successfully