इक्वेडरको सामना गर्दै मेक्सिको

जर्मनीमाथि २–१ को ऐतिहासिक जित निकाल्दै इक्वडेरले नकआउट चरणमा मेक्सिकोसँगको प्रतिस्पर्धा तय गरेको हो ।

असार १७, २०८३

हिमेश

Mexico facing Ecuador

काठमाडौँ — विश्वकप २०२६ को सह–आयोजक मेक्सिकोले बुधबार नकआउट चरणको खेलमा इक्वेडरको सामना गर्दैछ । खेल मेक्सिको सिटी स्टेडियमा हुनेछ । मेक्सिको अहिले उत्कृष्ट लयमा रहेको छ र उसले लिग चरणका सबै तीनै खेल जितेको थियो ।

समूह 'ए'मा अधिकतम् नौ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको थियो मेक्सिको । उसले दक्षिण अफ्रिकालाई २–०, दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रलाई ३–० ले हराएको थियो । यस विश्वकपका तीनै खेल जितेको मेक्सिको लिग चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने टिममध्ये एक रहेको छ ।

इक्वेडर भने तेस्रोमा रहने उत्कृष्ट आठ टिममध्ये एकका रूपमा अन्तिम ३२ को चरणमा पुगेको हो । इक्वेडरको प्रदर्शन भने मिश्रित रहेको छ । आइभरीकोस्टविरुद्ध पहिलो खेल १–० ले गुमाएको इक्वडेरले दोस्रो खेलमा कुराकाउसँग गोलरहित बराबरी खेलेको थियो ।

तेस्रो तथा अन्तिम खेलमा जर्मनीमाथि २–१ को ऐतिहासिक जित निकाल्दै इक्वडेर नकआउट चरणमा प्रवेश गर्न सफल रहेको हो । मेक्सिको र इक्वेडबीचको यो २८ औं खेल रहनेछ । त्यसअगाडिका खेलमा मेक्सिको १५ खेलमा विजयी रहेको छ ।

विश्वकप २०२६

हिमेश

Link copied successfully