ब्राजिलले जापानसँग बदला लिन सक्ला ?  

प्रशिक्षक होरियासु थप्छन्, ‘अबको ब्राजिली टिम फरक खाले रहनेछ । हामी यो खेलको चुनौती सामना गर्न तयार छौं ।’

असार १५, २०८३

रोयटर्स

Can Brazil take revenge on Japan?

What you should know

ह्युस्टन — ब्राजिलले विश्वकप २०२६ को अन्तिम ३२ खेलमा जतिबेला जापानको सामना गर्नेछ, त्यतिबेला ब्राजिलसामु बदला लिने अवसर हुनेछ । यही खेलले देखाउने छ, कार्लो एन्सेलोट्टीको टिमले टोकियोमा जापानसँग बेहोरेको हारयता कति सुधार गरेको छ । गत वर्ष अक्टोबरमा पाँचपल्टको विश्वकप विजेता ब्राजिल जापानसँग ३–२ ले पराजित भयो, त्यो पनि २–० को अग्रता लिएर । 

ब्राजिलले त्यस खेलमा २० मिनेट अन्तरमा तीन गोल खाएको थियो । यो नै ब्राजिलमाथि जापानको पहिलो जित थियो, दक्षिण अमेरिकी टिमविरुद्ध १४ खेलपछि । अब भने एन्सेलोट्टीले रियल म्याड्रिड छाडेर ब्राजिली टिम सम्हालेपछि यो टिममा विश्वकप जित्ने सपना जगाएको छ वा छैन, त्यो पनि प्रस्ट हुनेछ । इटालीका यी प्रशिक्षक आउनु अगाडि ब्राजिलको प्रदर्शन कमजोर थियो । 

त्यसैले त दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल पाँचौं स्थानमा रह्यो । यो नै छनोटमा टोलीको अहिलेसम्मको सबैभन्दा खराब प्रदर्शन हो । छनोटकै क्रममा ब्राजिली टिम चार प्रशिक्षकले सम्हालिसकेका छन् । एन्सेलोट्टीसामु यस विश्वकपका लागि २६ सदस्यीय टिम चयन गर्न पनि ५ दिनको अन्तर्राष्ट्रिय विश्रामको समय मिलेको थियो । यसबीच ब्राजिलले एसिया, युरोप र अफ्रिकी टिमको चुनौती भने गुज्रिएको थियो । 

त्यस क्रममा ब्राजिलको पहिलो परीक्षा दक्षिण कोरियाविरुद्ध रहेको थियो । सोलमा भएको खेल सजिलै ५–० ले जित्न पनि सफल रह्यो । टोकियोमा भएको खेलमा पनि दुई गोलको अग्रतामा ब्राजिल सजिलो जिततर्फ अग्रसर देखिएको थियो । तर जापानले दोस्रो हाफमा गजब खेल्यो । ब्राजिलले साह्रै नराम्रो र बिर्सनलायक हार आत्मसात् गर्नुपर्‍यो । 

सोमबार हुने नकआउट चरणको खेलको कथा भने बेग्लै हुनेछ । जापानी प्रशिक्षक हाजिमे मोरियासु भन्छन्, ‘मलाई लाग्छ, हाम्रो टिमको सामना गर्दा ब्राजिल जितका लागि अझ बढी प्रेरित रहनेछ ।’ जापानले समूह ‘एफ’ को अन्तिम खेलमा स्विडेनसँग १–१ को बराबरी खेलेको थियो । टोली दोस्रो स्थानमा रह्यो । त्यसअघि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन रच्दै बराबरी नै खेलेको थियो । 

प्रशिक्षक होरियासु थप्छन्, ‘अबको ब्राजिली टिम फरक खाले रहनेछ । हामी पनि यो खेलको चुनौती सामना गर्न तयार छौं ।’ ब्राजिलविरुद्धको त्यस खेलयता जापानी टिम आफैं पनि फरक रहेको छ । अहिलेको टिममा चोटका कारण वातारु एन्डो, कोरु मितोतमा, ताकेफुसा कुबो र मिनामिनो टोलीमा छैनन् । टोकियोमा उत्रिएको ब्राजिली टिमको रक्षापंक्ति अहिलेको एन्सेलोट्टीको टोलीमा छँदै छैन । 

मोरक्कोविरुद्धका १–१ को बराबरी खेलेयता ब्राजिली टिमको प्रदर्शनमा धेरै सुधार आएको छ । भिनिसियस जुनियरले ४ गोल गरिसकेका छन् । यस्तै नेयमरले तीन वर्षको अन्तरमा ब्राजिलका लागि खेलिसकेका छन् । स्कटल्यान्डलाई ३–० ले हराएपछि एन्सेलोट्टीले भनेका थिए, ‘हामी पक्कै पनि पूर्ण छैनौं । तर टिममा सुधार निश्चित रूपमा छ । विशेषतः टिमको गति बढी आक्रामक भएको छ ।’

उनी थप्छन्, ‘टिमको प्रदर्शनमा जसरी सुधार आएको छ, त्यसका लागि म कृतज्ञ छु । अब भने विश्वकपको नकआउट चरण सुरु भएको छ, त्यसैले हामीले आफ्नो टिम वास्तवमै कस्तो छ भनेर त्यसलाई प्रमाणित गर्नुपर्छ ।’ 

ब्राजिल र जापान भिड्दा त्यस पछाडि मित्रवत इतिहासको पृष्ठभूमि पनि रहनेछ । दुई देशबीचको फुटबल सम्बन्धमा बढाउनमा ब्राजिली पुराना खेलाडी जिकोको ठूलो हात छ । उनले फ्लेमिङ्गो, युडिनेसी र ब्राजिलका लागि खेले । पछि संन्यासको निर्णय फिर्ता लिएर सुमितोमो मेटलबाट पनि खेले । यसपछि पनि उनले जापानी फुटबल विकासमा योगदान कायम राखे । जिकोले सन् २००२ देखि २००६ बीच जापानी प्रशिक्षकको जिम्मेवारी पनि लिएका थिए । सन् २००६ को विश्वकपमा जिको नै जापानी टिमका प्रशिक्षक थिए । त्यस विश्वकपको लिग चरणमा जापान ब्राजिलसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।  

विश्वकप २०२६

रोयटर्स

Link copied successfully