इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले पराजित गरेको छ र समूह आई मा दुई खेलबाट अधिक्तम छ अंक बटुलेको छ । यो जितपछि नर्वे प्रतियोगिताको नकआउट चरणका लागि पनि छनोट भएको छ ।
सेनेगलले नर्वेविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल फर्काएको छ । इस्माल सारले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरे र खेल अझै पनि नर्वेको पक्षमा ३–२ रह्यो । सारको यो खेलमा दोस्रो गोल हो ।
इर्लिङ हालान्डले नर्वेका लागि दोस्रो गोल गरेका छन् । यससँगै खेलमा नर्वेले सेनेगेलमाथि ३–१ को अग्रता लिएको छ । पेनाल्टी एरियामा प्राप्त पासलाई उनले सजिलै पोस्टको दिशा दिए ।
सेनेगलले ५३ औं मिनेटमा एक गोल फर्काएको छ र यससँगै खेल रोमाञ्चक मोडमा पुगेको छ । इस्माइल सारले सेनेगलका लागि गोल गरेका हुन् । खेलमा नर्वे २–१ ले अगाडि छ ।
नर्वेले सेनेगलविरुद्ध न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको खेलको पहिलो हाफ टुंगिदा १–० को अग्रता लिएको छ । सेनेगलको रक्षापंक्तिले गरेको भुलको फाइदा उठाएर मार्कस पेडेरेसनले एक मात्र गोल गरेका छन् ।
फिफा विश्वकप २०२६ अन्तर्गत अहिले जारी खेलमा नर्वेले सेनलेगलविरुद्ध पहिलो हाफको ४३ औं मिनेटमा अग्रता लिएको छ । मार्कस पेडेरेसनले सेनेगली कमजोर रक्षापंक्तिको फाइदा उठाएर गोल गरेका हुन् । यससँगै नर्वे १–० ले अगाडि रह्यो ।