दुवै टोली प्रतियोगिताको पहिलो खेलमा विजयी रहेका थिए ।
लियोनेल मेसी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको गोलमा अर्जेन्टिनाले डालासमा अस्ट्रियाविरुद्ध ३९ औं मिनेटमा अग्रता लिएको छ । यो गोल उनको विश्वकपमा १७ औं गोल हो र उनले विश्वकपमा यसअघि सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानलाई उछिनेका छन् ।
अर्जेन्टिनाका लियोनेल मेसीले अल्जेरियाविरुद्ध अघिल्लो खेलमा ह्याट्रिक गरेका थिए । चार वर्षअघि अर्जेन्टिनालाई कतारमा उपाधि दिलाएका मेसीको विश्वकपमा यो पहिलो ह्याट्रिक गोल थियो । उनले यो तीन गोलसँगै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याएर जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेका थिए । अस्ट्रियाविरुद्ध गोल गरेमा मेसी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।


