Live

फिफा विश्वकप २०२६ : फ्रान्स भर्सेस इराक

कतार २०२२ को उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत दोस्रो खेलमा इराकलाई ३ गोलले पराजित गरेको हो ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: France vs. Iraq

13 Updates

(06:34 AM)

फ्रान्सद्वारा इराक ३ गोलले पराजित

फ्रान्सद्वारा इराक ३ गोलले पराजित भएको छ । खेलमा इराकले कुनै पनि गोल गर्न सकेन ।

(06:08 AM)

फ्रान्सका लागि उस्मान डेम्बेलेको तेस्रो गोल

फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६ औं मिनेटमा तेस्रो गोल सफल भएका छन् । विश्वकपमै यो उनको पहिलो गोल हो ।

(06:02 AM)

एम्बाप्पेको २ गोलमा फ्रान्स अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पेको दुई गोलमा फ्रान्स अगाडि छ । पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औं मिनेटमा दोस्रो गोल गरेका छन् । पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए । 

(05:57 AM)

फ्रान्सका लागि एम्बाप्पेको दोस्रो गोल

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ५४ औं मिनेटमा दोस्रो गोल गर्न सफल भएका छन् ।

(05:46 AM)

फ्रान्स र इराकबीचको खेल पुन: सुरु

खेलको दोस्रो हाफ सुरु भएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलको पहिलो हाफअघि फ्रान्स १ गोलको अग्रतामा रहेको थियो । पहिलो हाफपछि वर्षा र सम्भावित आँधीका कारण खेल स्थगित गरिएको थियो ।

(05:29 AM)

वार्मअपमा फ्रान्स र इराकका खेलाडी

 

वर्षाका कारण एक घन्टाभन्दा बढी समयदेखि रोकिएको खेल गर्ने तयारी गरिएको छ ।खेलाडीहरू पुनः वार्मअप गरिरहेका छन् ।

France and Iraq players warm up

(04:55 AM)

खराब मौसमले एक घन्टाभन्दा बढी समयदेखि रोकियो खेल

खराब मौसमका एक घन्टाभन्दा बढी समयदेखि रोकिएको छ । खेल पुन: सुरु हुनेबारे फिफाको अफिसियल जानकारी आउन बाँकी छ । हाल पनि अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा वर्षा भइरहेको छ । स्थानीय निकायले तय गरेका सुरक्षा मापदण्डअनुसार फिफाले आवश्यक प्रक्रिया अपनाउने र खेल सञ्चालन गर्न सुरक्षित हुनेबित्तिकै खेल पुनः सुरु गरिने बीबीसीले जनाएको छ ।

The match between France and Iraq was stopped for more than an hour due to bad weather.
फिलाडेल्फियामा सोमबार भएको फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराकबीचको फुटबल खेलका क्रममा वर्षाका कारण खेल रोकिएपछि मैदानमा रहेका सुरक्षाकर्मी । तस्बिर : एपी /पेटर डेभिड जोसेक

(03:49 AM)

वर्षाका कारण खेल स्थगित

पहिलो हाफपछि वर्षाका कारण खेल स्थगित हुन पुगेको छ । वर्षाका कारण अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियम छाडेर दर्शकहरु सेल्टरतिर लागेका छन् ।

(03:36 AM)

हाफ-टाइम : इराक- ०, फ्रान्स- १

पहिलो हाफअघि फ्रान्स १ गोलको अग्रतामा रहेको छ । फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले १४ औं मिनेटमा गोल गरेका थिए ।

(03:31 AM)

खेल भइरहँदा पानी परेपछि

फ्रान्स र इराकबीचको खेल भइरहँदा अकस्मात पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षाबारे पूर्व जानकारी गराएको थियो । दर्शकहरु वर्षाबाट रेनकोट लगाइरहेका छन् ।

When it rained while the game was going on
फिलाडेल्फियामा फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराकबीचको फुटबल खेलका क्रममा वर्षाबाट जोगिन दर्शकहरू रेनकोट (पोन्चो) लगाएर खेल हेर्दै। तस्बिर : एपी/म्याट रोर्क

(03:01 AM)

फ्रान्सका लागि एम्बाप्पेको पहिलो गोल

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पे १४ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका छन् ।

Mbappe's first goal for France

(02:50 AM)

पहिलो खेलमा नर्वेसँग ४-१ गोलले पराजित भएको थियो इराक

पहिलो खेलमा नर्वेले इराकविरुद्धको खेलमा ४-१ गोले आफ्नो पक्षमा पारेको थियो ।

(02:47 AM)

फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ गोलले हराएको थियो

किलियन एमबाप्पेले गोलको कीर्तिमान बनाएको दिन फ्रान्सले विश्वकप २०२६ को मंगलबार राति भएको खेलमा सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully