यो जितले अल्जेरियाको तीन अंक भएको छ र नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रह्यो । हारले भने जोर्डनको प्रतियोगितामा चुनौती समाप्त भएको छ ।
काठमाडौँ — अल्जेरियाले उत्कृष्ट पुनरागमन रच्दै मंगलबार विश्वकप २०२६ मा जोर्डनलाई २–१ ले पराजित गरेको छ । यो जितले अल्जेरियाको तीन अंक भएको छ र नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रह्यो । हारले भने जोर्डनको प्रतियोगितामा चुनौती समाप्त भएको छ ।
अल्जेरिया तीन अंकमा तेस्रो स्थानमा रह्यो । जोर्डनको शून्य अंक छ । अर्जेन्टिना छ अंकमा समूहको शीर्षमा छ भने उसको पछाडि अस्ट्रिया तीन अंकमा छ । अब लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डन तथा अल्जेरियाले अस्ट्रियाको सामना गर्नेछ ।
अर्जेन्टिना यसअघि नै नकआउट चरण पुगिसकेको छ । सनफ्रान्सिस्को बे एरिया स्टेडियममा जोर्डनका लागि ३६ औं मिनेटमा निजार अल रसदानले गोलको खाता खोले । खेलको ६९ औं मिनेटमा अल्जेरियाले बराबरी गोल फर्कायो ।
यसक्रममा अहमद नादिरले हेडबाट गोल गरे । अमिन गोएरीले खेलको ८२ औं मिनेटमा नजिकको दूरीबाट गोल गरे र यो नै खेलको निर्णायक मोड रह्यो । भारले जाँच गरेयता गोलले मान्यता पाएको हो ।
