Live

उरुग्वे भर्सेस केप भार्डे

समूहचरणको पहिलो खेलमा बलसयो स्पेनसँग बराबरी खेलेपछि केप भार्डेको चर्चा धेरै नै भएको थियो ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

Uruguay vs. Cape Verde

5 Updates

(05:54 AM)

उरुग्वे र केप भार्डेबीचको खेल २–२ को बराबरीमा

विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान उरुग्वे र केप भार्डेबीचको खेल २–२ को बराबरीमा सम्पन्न भएको छ । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

(05:18 AM)

केप भार्डेको दोस्रो गोल, खेल बराबरीमा ल्यायो

विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उरुग्वेविरुद्ध र केप भार्डेले खेल बराबरीमा ल्याएको छ । २–१ ले अगाडि रहेको उरुग्वेविरुद्ध भार्डेका हेलियो भरेलालाई ६१ औं मिनेटमा गोल गर्दै खेल २–२ को अस्थामा ल्याएका हुन् । 

(04:41 AM)

पहिलो हाफमा उरुग्वेको अग्रता

विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उरुग्वेले र केप भार्डेबीचको खेल पहिलो हाफमा उरुग्वेले अग्रता लिएको छ । पहिलो हाफ सकिँदा उरुग्वेले २ गोल गरेको छ भने केप भार्डेको १ गोल रहेको छ । खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको केप भार्डेले पहिलो हाफको अन्तिमसम्म उक्त अग्रता जोगाउन सकेन । उरुग्वले ४४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । त्यसपछि ४६ औं मिनेटमा अर्को गोल थप्दै उरुग्वेले अग्रता बनाएको हो ।  यता उरुग्वेका लागि भने म्याक्सिमिल्लानो आरौजोले पहिलो गोल गरेका थिए भने दोस्रो गो ४६ औं मिनेटमा अगस्टिन कानोब्बीओले गरेका हुन् ।  केप भार्डेका लागि फ्रि किक मार्फत केभिन पिनाले गोल गरेका थिए ।

Uruguay leads in the first half

(04:33 AM)

उरुग्वेले गोल फर्कायो

विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उरुग्वेले केप भार्डेविरुद्ध गोल फर्काएको छ । खेलको २१ औं मिनेटमा केभिन पिनाको गोलबाट अग्रता लिएको केप भार्डेविरुद्ध उरुग्वेले ४४औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको हो । उरुग्वेका लागि म्याक्सिमिल्लानो आरौजोले गोल गरेका हुन् । 

Uruguay scored a goal.

(04:09 AM)

उरुग्वेविरुद्ध केप भार्डेको पहिलो गोल

विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उरुग्वेविरुद्ध केप भार्डेले पहिलो गोल गरेको छ । केप भार्डेका केभिन पिनाले २१ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । 

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully