Live

फिफा विश्वकप २०२६ : स्पेन भर्सेस साउदी अरेबिया

अहिले दुवै टिम समान १ अंकमा छन् ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Spain vs. Saudi Arabia

11 Updates

(11:50 PM)

साउदी अरेबियालाई ४–० ले हराउँदै स्पेन शीर्षमा

स्पेन विश्वकप फुटबल २०२६ मा विजय लयमा आएको छ । एटलान्टामा आइतबार भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गर्‍यो । स्पेनले यस विजयपछि समूह ‘एच’ मा ४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

Spain beats Saudi Arabia 4-0 to go top

(11:00 PM)

स्पेनका लागि चौथो गोल

स्पेनले चौथो गोल गरेको छ, साउदी अरेबिाका ताम्बाकीले कुुकुरेलाको प्रहार जोगाउने प्रयास गर्दा आत्मघाती गोल गर्न पुगेका हुन् ।

(10:40 PM)

स्पेन मध्यान्तरसम्म साउदी अरेबियाविरुद्ध ३–० ले अगाडि

स्पेनका फरवार्ड मिकेल ओयार्जबलका लागि केप भार्डेविरुद्धको खेल विश्व फुटबलले बिर्सने छैन । पहिलो ३० मिनेटको खेलमा उनले एकपटक पनि बल छुन पाएका थिएनन् । १९६६ यता अहिलेसम्म कुनै एक खेलाडीले आधा घन्टाको खेलसम्म बल नै नछोएको इतिहास नरहेको तथ्याङ्क राख्ने ओप्टाले जनाएको छ । ओयार्जबल उनै हुन्, जसले युरो २०२४ को फाइनलमा इंग्ल्यान्डविरुद्ध विजयी गोल गरेका थिए । आइतबार रातिको खेलमा ओयार्जबलले नै गरेको २ गोलमा स्पेन मध्यान्तरसम्म साउदी अरेबियाविरुद्ध ३–० ले अगाडि रहेको छ ।

Spain leads 3-0 against Saudi Arabia at half-time

(10:11 PM)

स्पेनले गर्‍यो तेस्रो गोल

स्पेनले खेलको २३ ‌औं मिनेटमा तेस्रो गोल गरेको छ ।

(10:09 PM)

स्पेनद्वारा दोस्रो गोल

स्पेनले खेलको २१ औं मिनेटमा दोस्रो गोल गरेको छ ।

(09:58 PM)

स्पेनका लागि लामिन यमालले गरे पहिलो गोल

खेलको ११औं मिनेटमा स्पेनका लागि लामिन यमालले पहिलो गोल गरेका हुन् ।

Lamine Yamal scores for Spain

(09:45 PM)

साउदी अरेबियाले गर्‍यो दुई खेलाडी परिवर्तन

पहिलो खेल खेलेको टोलीबाट साउदी अरेबियाले पनि दुई खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर अली लाजामी र स्ट्राइकर नासेर अल दावसारीलाई मोहम्मद अबु अल समत र मोहम्मद कान्नोको स्थानमा खेलाइएको छ ।

Saudi Arabia made two changes to their players.

(09:38 PM)

स्पेनद्वारा ४ खेलाडी परिवर्तन

केप भार्डेसँगको गोलरहीत बराबरी नतिजापछि साउदी अरेबियासँगको खेलमा स्पेनले चार खेलाडी परिवर्तन गरेको छ । लामिन यमालसहित पेड्रो पोरो, डानी ओल्मो, एलेक्स बाइनालाई प्लेयिङ ११ मा ल्याएको छ । उनीहरूलाई फर्नान टोरेज, ग्याभी, फाबिएन रुइज र मार्कोस लोरेन्टेको स्थानमा खेलाउन लागिएको हो ।

Spain makes 4 changes

(09:35 PM)

स्पेनिस टोलीमा लामिन यमाल प्लेयिङ ११ मा

स्पेनिस टोलीमा लामिन यमाल प्लेयिङ ११ मा फर्किएका छन् । निको विलियम्सले भने बेन्चबाटै साउदी अरेबियाविरुद्धको खेलको सुरुआत गर्नेछन् ।

Lamine Yamal in the Spanish team's playing 11

(09:33 PM)

दुवै टिमले अघिल्लो खेलमा बराबरी खेलेका थिए

स्पेनलाई पहिलो खेलमा केप भार्डेले गोलरहित बराबरीमा रोकेर विश्व फुटबलकै एक अप्रत्यासित नतिजा निकालेको थियो । साउदी अरेबिया पनि पहिलो खेलमा उरुग्वेसँग १–१ को बराबरीमा रोकिएको थियो ।

(09:31 PM)

स्पेन र साउदी अरेबिया एटलान्टामा प्रतिस्पर्धा गर्दै

स्पेन र साउदी अरेबिया फिफा विश्वकप फुटबलको समूह ‘एच’ को खेलमा एटलान्टामा प्रतिस्पर्धा गर्दै छन् ।

कान्तिपुर

Link copied successfully