Live

फिफा विश्वकप २०२६ : बेल्जियम र इरानबीचको खेल गोलरहित बराबरीमा टुंगियो

विश्वकपमा पहिलो जितको खोजीमा रहेका बेल्जियम र इरान समूह 'जी'को दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Belgium and Iran match ends in a goalless draw

7 Updates

(02:48 AM)

फुल-टाइम : बेल्जियम- ०, इरान- ०

बेल्जियम र इरानबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

(02:19 AM)

नाथन एनगोयलाई रातो कार्ड, बेल्जियममा १० खेलाडी

रक्षक नाथन एनगोयले रातो कार्डपछि बेल्जियम ६७ औं मिनेटमा १० खेलाडीमा झरेको छ ।

(01:40 AM)

हाफ-टाइम : बेल्जियम- ०, इरान- ०

बेल्जियम र इरानबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

(12:49 AM)

टिम बेल्जियममा लुकाकु प्लेयिङ ११ मा, ४ खेलाडी परिवर्तन

बेल्जियमका व्यवस्थापक रुडी गार्सियाले रोमेलु लुकाकुलाई प्लेयिङ ११ मा राख्दै इजिप्टविरुद्ध खेलेको टोलीबाट चार खेलाडी परिवर्तन गरेका छन् ।

(12:48 AM)

विश्व फुटबल वरीयतामा बेल्जियम ९ औं र इरान २१ औं स्थानमा

विश्व फुटबल वरीयतामा बेल्जियम ९ औं र इरान २१ औं स्थानमा छ ।

(12:38 AM)

बेल्जियम र इजिप्टबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो

बेल्जियम र इजिप्टबीच अमेरिकाको सियाटलमा सोमबार भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो । 

The match between Belgium and Egypt ended in a 1-1 draw.
तस्बिर : एपी

(12:36 AM)

इरानले अघिल्लो खेलमा न्युजिल्यान्डलाई २-२ गोलको बराबरीमा रोकेको थियो

इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै मंगलबार विश्वकप २०२६ मा न्युजिल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको थियो । 

Iran held New Zealand to a 2-2 draw in their previous match.

कान्तिपुर

Link copied successfully