Live

ट्युनिसिया भर्सेस जापान

फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को खेलमा यी दुई टिम २००२ पछि विश्वकपमा पुन: आमनेसामने भएका हुन् । उक्त खेलमा जापान २–० गोल अन्तरले विजयी भएको थियो ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

Tunisia vs Japan

9 Updates

(11:43 AM)

जापानले ट्युनिसियालाई ४-० ले हरायो

आयसे युएदाको दुई गोलमा जापानले विश्वकप २०२६ को आइतबार भएको खेलमा ट्युनेसियालाई ४–० ले हराएको छ । विश्वकपमा जापानले एकै खेलमा चार गोल गरेको यो नै पहिलो पटक हो । यस्तै जापान एसियाली देशमध्ये विश्वकपको एकै खेलमा चार गोल गर्ने पनि पहिलो टिम भएको छ ।

(11:32 AM)

जापानका युएदाको दोस्रो गोल, जापान ४ गोलले अगाडि

जापानका लागि खेलको ८३ औं मिनेटमा आयसे युएदाले चौथो गोल गरेका छन् । व्यक्तिगत खेल कौशलता प्रदर्शन गर्ने क्रममा उनले आफ्नो दोस्रो गोल गरेका हुन् । यससँगै जापान खेलमा ४–० ले अगाडि छ ।

(11:17 AM)

जापान तीन गोलले अगाडि

जापानले ६९ औं मिनेटमा तेस्रो गोल गर्दै ट्युनिसियामाथिको खेलमा पूर्णतः आफ्नो नियन्त्रणमा लिएको छ । जापानका लागि दोस्रो हाफमा गोल गर्ने खेलाडी रहे, जुनया इतो । यससँगै खेल दोस्रो हाइड्रेसन ब्रेकमा गएको छ ।

(10:43 AM)

रेफ्रीको विशेष जर्सी

ट्युनिसियाविरूद्ध जापानको यस खेलका मुख्य रेफ्री रोमानियाका इस्तभान कोभाक्सले मैदानमा एक विशेष जर्सी लगाएका छन्। १ हजारौं खेलको उत्सव मनाउन फिफा र एडिडासले विशेष रूपमा डिजाइन गरेको यो जर्सीमा ‘म्याच १०००’ लेखिएको विशेष ब्याज अंकित गरिएको छ।

(10:37 AM)

जापान दुई गोलले अगाडि

जापानले विश्वकप २०२६ को आइतबार ट्युनेसियाविरुद्धको खेलमा पहिलो हाफ सकिंदा २–० को अग्रता लिएको छ । स्टाडियो मोन्टेरीमा भइरहेको खेलमा जापानका लागि दाइची कामाडाले चौथो मिनेटमा नजिकको दूरीबाट गोल गर्दै खाता खोले । खेलको ३१ औं मिनेटमा आयसे युएदाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । 

Japan leads by two goals

(10:36 AM)

फिफा विश्वकप इतिहासकै १ हजारौं खेल

ट्युनिसिया र जापानबीचको यो खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल बनेको छ । विश्वकप यात्रा सन् १९३० मा उरुग्वेबाट सुरु भएको हो। 

(10:27 AM)

मेक्सिकोको मोन्टेरीस्थित ग्वाडालुपेमा जारी विश्वकप फुटबलको समूह 'एफ' मा जापानका आयसे उएडाको प्रहार रोक्ने असफल प्रयास गर्दै ट्युनिसियाका गोलकिपर आयमेन डाहमेन। तस्बिर : एपी

Failed to stop the goal

(10:18 AM)

जापानको दोस्रो गोल

जापानले ट्युनेसियाविरुद्ध ३१ औं मिनेटमा दोस्रो गोल गरेको छ । आयसे युएदाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यससँगै जापानले खेलमा २–० को अग्रता लिएको छ ।

(09:51 AM)

जापानलाई अग्रता

जापानले खेलको चौथो मिनेटमा अग्रता लिएको छ । जापानका लागि दाइची कामाडाले नजिकको दूरीबाट गोल गरेका हुन् । यससँगै जापानले खेलमा १–० को अग्रता लिएको छ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully