Live

फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित

स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित भएको छ ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Switzerland defeats Bosnia and Herzegovina 4-1

12 Updates

(02:43 AM)

स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित

स्विट्जरल्यान्डद्वारा बोस्निया एन्ड हर्जगोभिना ४-१ गोलले पराजित भएको छ । वैकल्पिक खेलाडी जोहान मान्जाम्बीको दुई गोलमा स्विट्जरल्यान्डले लस एन्जल्समा भएको खेलमा बोस्निया हर्जगोभिनियालाई ४–१ ले पराजित गरेको हो ।

(02:42 AM)

स्विट्जरल्यान्डको चौथो गोल

स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले पेनाल्टीबाट चौथो गोल गरेका छन् ।

(02:38 AM)

बोस्निया एन्ड हर्जगोभिनाको पहिलो गोल

बोस्निया एन्ड हर्जगोभिना पहिलो गोल गर्न सफल भएको छ । इर्मिन माहमिजले इन्जुरी टाइममा पहिलो गोल गर्न सफल भएका हुन् ।

Bosnia and Herzegovina's first goal
तस्बिर : एपी

(02:35 AM)

स्विट्जरल्यान्डको तेस्रो गोल

स्विट्जरल्यान्डले तेस्रो गोल गरेको छ । जोहान मान्जाम्बीले ९० औं मिनेटमा दोस्रोपटक गोल गरेका हुन् ।

(02:29 AM)

स्विट्जरल्यान्डको दोस्रो गोल

स्विट्जरल्यान्डका लागि रुबेन भार्गासले ८४ औं मिनेटमा दोस्रो गोल गर्न सफल भएका हुन् ।

(02:27 AM)

तारिक मुहारेमोभिजलाई रातो कार्ड

लास्ट म्यानको रुपमा बोस्नियाका रक्षक तारिक मुहारेमोभिजले स्विट्जरल्यान्डका ब्रिल इम्बोलोलाई पेनाल्टी बक्सको बाहिर लडाएपछि रातो कार्ड पाएका छन् ।

(02:19 AM)

स्विट्जरल्यान्डको पहिलो गोल

जोहान मान्जाम्बीले ७४ औं मिनेटमा स्विट्जरल्यान्डका लागि पहिलो गोल गर्न सफल भएका छन् ।

(01:37 AM)

हाफ-टाइम : स्विट्जरल्यान्ड-०, बोस्निया एन्ड हर्जगोभिना-०

स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिनिया बीच लस एन्जल्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

Half-time: Switzerland-0, Bosnia and Herzegovina-0
तस्बिर : एपी

(01:31 AM)

बोस्नियामाथि जाकाको दबाब

स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले एकपछि अर्को बलहरुको सिर्जना गर्दै बोस्नियाको पेनाल्टी बक्स भित्र अवसरहरु निकाल्ने प्रयास गरिरहेका छन् ।

(01:19 AM)

गोलका लागि संघर्षरत स्विट्जरल्यान्ड र बोस्निया

क्यानडासँगको अघिल्लो खेलमा सुरुआती टोलीमा नरहेका बोस्नियाका कप्तान इडिन जेको आज प्लेयिङ ११ बाट खेलिरहेका छन्, तर उनले विपक्षी पोस्टमा विरलै मौका पाएका छन् । स्विट्जरल्यान्डले पनि कुनै गतिलो आक्रामण गर्न सकेको छैन ।

(01:02 AM)

यसअघिको खेलमा दुवै बराबरीमा रोकिएका थिए

स्विट्जरल्यान्डलाई कतारले र बोस्निया हर्जगोभिनालाई क्यानडाले यसअघिको खेलमा समान १–१ को स्कोरमा रोकेका थिए ।

(12:59 AM)

स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना लस एन्जल्समा प्रतिस्पर्धा गर्दै

स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना विश्वकप २०२६ को बिहीबारको दोस्रो खेलमा लस एन्जल्समा प्रतिस्पर्धा गर्दै छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully