चेकले दक्षिण कोरियासँगको पहिलो खेलमा पनि १ गोलको अग्रता लिएको थियो तर पछि १–२ को पराजय भोगेको थियो । खेल समाप्त हुन १० मिनेट अगाडिसम्म चेक १–० ले अगाडि छ ।
दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले मेक्सिकोसँगको पहिलो खेलमा रातो कार्ड पाएकाले चेकसँगको खेलमा उनीहरू खेल्न पाउने छैनन् । निलम्बनका कारण उनीहरूले खेल्न नपाउने भएका हुन् । पहिलो खेल खेलेको टोलीबाट दक्षिण अफ्रिकाले ३ र चेकले ५ खेलाडी परिवर्तन गरेको छ ।
चेक गणतन्त्र र दक्षिण अफ्रिका दुवै आफ्नो पहिलो खेलमा पराजित रहेका थिए । दक्षिण अफ्रिका उद्घाटन खेलमा सहआयोजक मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेकमाथि दक्षिण कोरियाले २–१ को विजय हात पारेको थियो ।