Live

अस्ट्रिया भर्सेस जोर्डन

यही खेलबाट जोर्डनले विश्वकपमा डेब्यु गरेकाे छ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Austria vs. Jordan

5 Updates

(11:57 AM)

जोर्डनमाथि अस्ट्रियाको विजयी सुरूवात

अस्ट्रियाले विश्वकप २०२६ को समूह ‘जे’ मा बुधबार जोर्डनमाथि विजयी सुरुवात लिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियमा अस्ट्रियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई ३–१ ले हराएको हो । यससँगै अस्ट्रिया तीन अंकमा समूहको दोस्रो स्थानमा रह्यो ।

(11:32 AM)

अस्ट्रियालाई फेरि अग्रता

अस्ट्रियाले जोर्डनविरुद्धको खेलमा दोस्रो पल्ट अग्रता लिएको छ । खेलको ६७ औं मिनेटमा याजन अल अरबको आत्घाती गोलमा अस्ट्रिया २–१ ले अगाडि रहेको हो । त्यस अगाडि खेलको ६७ औं मिनेटमा मार्को आरनटोभिचले नजिकको दूरीबाट गोल गरे पनि त्यसले मान्यता पाएका थिएन ।

(11:03 AM)

जोर्डनले फर्कायो बराबरी गोल

अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काएका छन् । खेलको ५०औं मिनेटमा ओलवानले बराबरी गोल गरेका हुन् । यो नै जोर्डनले विश्वकपका लागि गरेको पहिलो गोलसमेत हो । जोर्डनले पहिलोपल्ट विश्वकप खेलिरहेको छ । यसअघि अस्ट्रियाले २१औं मिनेटमा गोल गरेको थियो । 

(10:38 AM)

पहिलो हाफमा अस्ट्रियालाई एक गोलको अग्रता

अस्ट्रियाले विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत जोर्डनविरुद्धको खेलको पहिलो हाफ टुंगिदा १–० को अग्रता लिएको छ ।

अस्ट्रियाका लागि २१ औं मिनेटमा रोमानो स्मिडले गोल गरेका हुन् । उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियमा जोर्डनले पनि केही आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेको छैन् ।

Austria leads by one goal
तस्बिरः एपी

(10:12 AM)

अस्ट्रियाको अग्रता

अस्ट्रियाले २१ औं मिनेटमा अग्रता लिएको छ ।

रोमानो स्मिडले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो ।

यससँगै समूह जे को खेलमा अस्ट्रियाले १–० को अग्रता लिएको छ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully