टर्कीएमाथि अस्ट्रेलियाको प्रभावशाली जित

यो जितपछि अस्ट्रेलिया सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Australia's impressive win over Turkey

काठमाडौँ — अस्ट्रेलिया विश्वकप २०२६ को समूह डी को खेलमा आइतबार टर्कीएलाई २–० ले पराजित गरेको छ र तीन बहुमूल्य अंक बटुलेको छ । यो जितपछि अस्ट्रेलिया सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ ।

अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो । भ्यान्कुभरको बीसी प्यालेसमा भएको खेलको २७ औं मिनेटमा नेस्टरोय इरानकुन्डाले काउन्टर आक्रमणमा गोल गरे । त्यसमा पउल ओकन इग्ल्सटलरले पास मिलाएका हुन् ।

Australia's impressive win over Turkey

खेलमा टर्कीएले रचेको पहिलो ठोस आक्रमण सेलाउन नपाउँदै अस्ट्रेलियाले गोलको खाता खोलेको हो । त्यसलगत्तै टर्कीएका लागि अब्दुलकेरिम बारडाचीले २५ यार्डबाट गरेको कडा प्रहार पोस्टमा लागेको थियो । त्यस क्रममा अस्ट्रेलियाली गोलरक्षक प्याट्रिक बिचले सुन्दर बचाउ गरेका थिए ।

खेलको ७५ औं मिनेटमा कोनर मेटकाल्फले दोस्रो गोल गरे र खेलमामाथि अस्ट्रेलियाको पकड बलियो बनाएको थियो । यो नतिजाले अमेरिकासँगै अस्ट्रेलियाको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ । टर्कीए भने शून्य अंकमा तेस्रो स्थानमा रह्यो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully